• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

महोत्तरी सम्भावित वाढीको सामना गर्न तयार

महोत्तरी सम्भावित वाढीको सामना गर्न तयार
रंजन भण्डारी
महोत्तरी,२७ असार ।
महोत्तरी निकटका दिनमा आउन सक्ने सम्भावित वाढीको सामना गर्न पुर्ण रुपमा तयार रहेको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले जनाएका छन । उनले विगतका वर्षहरु भन्दा नदी नियन्त्रण र तटबन्धको कार्यहरु सन्तोष जनक अवस्थामा संचालन भएपनि आउन सक्ने सम्भावित वाढीलाई मध्य नजर गर्र्र्दै आफुहरु तयारी अवस्थामा रहेको बताए ।
गत वर्ष मात्र महोत्तरीका केहि गाविसहरु डुवानमा परेको र जनकपुर भिठामोड सडक खण्डको पर्सा र पिपराको विचमा रोडमै ४ फिट पानी चढेकोमा यसपाली भने त्यो ठाउ छेउको नदीमा हेमपाईप तथा मर्मतको कार्य समेत समाप्त भैसकेको जनाउदै उहाले वाढी नै आइहालेपनि विपद व्यवस्थापन समिति उद्धारको लागि पुर्ण तयार रहेको जनाए ।
महोत्तरीमा पर्ने मुख्य नदिहरु रातो,मरहा,अंकुशी,विग्ही र बांके नदि मध्ये रातो,अंकुशी र महरा नदि तथा वांके नदिको केहि भागमा समेत तटबन्ध निर्माण केहि भएको र वाकि स्थानमा समेत निर्माण कार्य संचालनमा रहेकोले विगतका वर्षहरु जस्तो वाढी आउने सम्भावना नरहेको जनताको तटबन्ध कार्यालयका ई. शुशिल चौधरीले बताए । उनले साविकको गाविसहरु हत्तिसर्वा र सिंग्याही लगायतका केहि स्थानमा भने निर्माण कार्य नसकेकोले भने केहि जोखिम रहेको थपे ।
त्यसतै ई. जय प्रकाश साहले हाल नदिहरुमा वाढीको पानी नदेखिएको अनुगमनमा देखिएको बताए । उनले मनसुन राम्ररी सुरु नभईसकेकोले नदिहरुमा पानी नदेखिएपनि निरन्तरको वर्षाले नदिमा वाढी आउने र त्यसले भने केहि स्थान डुवानमा पर्न सक्ने सम्भावना भने रहेको बताए । उनले हात्तिलेटसम्मको तटबन्धको कार्य धेरै भएकोेले वाढी आएपनि हात्तिलेट भन्दा दक्षिण आउन सक्ने बताए ।
तया समुदायमा आधारित वाढी तथा हिमताल विस्फोटन जोखिम न्युनिकरण आयोजना का जिल्ला आयाजना अधिकृत दिनेश साहले महोत्तरीमा कालापानी,बर्दिवास र सरपल्लोमा वाढी पुर्व सुचना प्रणाली उपकरण जडान गरिएकोले चुरेमा पानीको मात्रा वढे सरपल्लोले केहि घन्टा अगाडी नै जानकारी पाउने र भारी मात्रामा धनजनको क्षति हुन वाट जोगिने बताए । उनले सरपल्लो र छेउछाउका स्थानियहरुलाई वाढी आएको वेला जोखिम न्युनिकरणको लागि तालिम दिई भोलेन्टीयरको रुपमा तयारी अवस्थामा राखेकोले वाढी आएपनि आत्तिनु पर्ने अवस्था भने नरहेको थपे ।
त्यसतै जिल्ला भु संरक्षण कार्यालयका प्रमुख बेचन साहले नेपालमा हिउदे,वरखे र खहरे गरि तिन प्रकारको नदिहरु भएको बताए । उनले महोत्तरीमा खहरे नदिहरु भएकोले केहि जोखिम भने रहेको थपे । चुरे क्षेत्र अन्तर्गत पर्ने  महोत्तरीमा चुरेमा पानी परे ओरालो भागमा पानी आउने र त्यसले ठुलै क्षति गर्न सक्ने भएपनि विभिन्न किसिमले चुरेमा कार्यक्रमहरु संचालन भएपनि जोखिम भने केहि कम रहेको थपे ।  उनले दश वर्ष पहिले जलेश्वरमा वाढी आउदा मुख्य चोकमै चार देखि पाच फिटसम्म पानी लाग्ने गरेपनि त्यो भने घटदै गएको र हालको केहि वर्ष देखि जलेश्वरमा भने वाढी नदेखिएको बताए । उनले तटबन्धहरु ठिक्कै अवस्थामा रहेपनि वाढी कति वेला कुन रुप लिने हो भन्ने भन्न गार्हो रहेको बताए । हाल धेरै हदसम्म चुरेमा कार्यहरु भएको र सिन्धुलीमा समेत चुरे संरक्षणको लागि निक्कै कार्यहरु भएकोले साविकको जस्तो वाढी आउने नदेखिएको बताए
यता जिल्ला समन्वय समितिले समेत नदिहरुमा निगरानी वढाएको छ । वर्षातको वेला असार ,श्रावन र भदौ मा नदिबाट बालुवा गिटटी लगायतका सामग्री निकाल्न नपाईने नियम रहेकोले निगरानी वढाएको हो । सोमवार मात्र दर्जन जति ट्याक्टरमा ल्याउदै गरेको वालुवा र गिटटीहरु प्हरीले नियन्त्रणमा लिएको हो ।


यसमा तपाईको मत