• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

शहिद कपमा माइलस्टोन र सुजीत एलेभन फाइनलमा प्रवेस

मिथिलान्चल समाचारदाता
जनकपुरधाम,चैत ७ गते ।मधेश आन्दोलनमा शहिद भएकाहरुको स्मरण गर्दै जनकपुरमा जारी शहिद कप टी २० म्याचको आइतवार भएको दुइ खेलमा माइलस्टोन र सुजीत एलेभन फाइनलमा प्रवेस गरेको छ । 
जनकपुरको वारहविघा मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा राज एलेभनलाई ७६ रनले हराउदै माइलस्टोन फाइनलमा प्रवेस गरेको छ भने दोस्रो सेमी फाइनल खेलमा ओम कोचिगंलाई ४ विकेटले पराजीत गर्दै सुजीत एलेभन फाइनलमा प्रवेस गरेको हो । आइतवार विहान ९ बजे देखि सुरु भएको पहिलो खेलमा  टस जितेर व्याटिगं थालेका माइलस्टोन टिमले निर्धारित २० अभरमा ६ विकेटको क्षतिमा १४५ रनको स्कोर खडा गरेको  थियो । १४६ रनको स्कोर पछयाउदै  राज एलेभन टिम १७ दसमलव २ अभरमा अलआउट हुदै  ६९ रन मात्र वनाउन सके । शानदार १० बलमा २८ रन वनाएका यस राज र राज मोह्मद तथा अन्सारुल राइनको २४ रन को मद्दतले माइलस्टोन टिमले विशाल लक्ष्य  राज एलेभन सामु प्रस्तुुत गरेका थिए । त्यस्तै राज एलेभनलाई सस्तोमा समेटनमा अन्सारुल राइनको ३ विकेट र नविनको २ विकेट महत्वपुर्ण रहेको थियो । राज एलेभनका लालबाबु राउतको ३८ रन र गणेश यादवको ११ रन टिमलाई जित दिलाउन सकेन भने राज एलेभनका अजित मंडल  २ विकेट लीनु बाहेक अरु कुनै बलरलाई खासै प्रर्दशन गर्न सकेन । खेलको म्यान अफ दि म्याच माइलस्टोनका अलराउण्डर अन्सारुल राईनलाई प्रदान गरियो ।
त्यस्तै आइतवार भएको दोस्रो खेलमा टस जितेर बेटिगं थालेका ओम कोचिंग सेन्टरले १९ दसमलव ५ अभर खेल्दै सबै विकेटको क्षतिमा १०५ रनको विजयी लक्ष्य सुुजीत एलेभनलाई दिएको थियो । १०६ रनको झिनो लक्ष्य लिएर मैदानमा ओर्लेका सुजीत एलेभनले १८ दसमलव ४ अभरमा ६विकेटको क्षतिमा विजयी लक्ष्य पुुरा गरेका थिए ।  सुजीत एलेभनको जीतमा अमित सिंहको शानदार ३४ रन,जेकेको नटआउट २० र उदय शर्माको नटआउट ८ रनको पारी महत्वपुर्ण रहेको थियो भने बलीगं तर्फ विराज सिंहको ३ र राहुल तथा उदय शर्माको समान २÷२ विकेट टिमलाई जीत दिलाउनमा भरपुर साथ दिए । यता ओम कोचिंगको मिथलेश २५,अमनको २२ र संन्तोषको २० रन तथा बलिगं तर्फ सचिनकोे २ विकेट र संजितको २ विकेट टिमलाई जित दिलाउन सकेन । खेलको म्यान अफ दि मयाच सुजित एलेभनका वलर उदय शर्मालाई प्रदान गरियो ।
आजको फाइनल खेल सुजीत एलेभन र माइलस्टोन टिम विच हुने जनाइएको छ ।


यसमा तपाईको मत