• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

जनकपुरमा करोडौको भ्रष्टाचार ,जनकपुरबासी पस्त उपमहानगरपालिकाका हाकिम मस्त

जनकपुरमा करोडौको भ्रष्टाचार ,जनकपुरबासी पस्त उपमहानगरपालिकाका हाकिम मस्त
मिथिलाञ्चल समाचारदाता 
अषाढ २७ गते, जनकपुरधाम ।
मधेशसँग सौतेला ब्यबहार गर्यो भन्दै मधेश आन्दोलनको क्रममा सबभन्दा बढि सहादत दिने जनकपुरबासी नै हुन । तर अझै पनि जनकपुरबासी लाई बेबकुफ बनाउने कार्य गर्ने लागिपरेका छन् जनकपुर उपमहानगरपालिकाका हाकिम तथा कर्मचारीहरु ।
केहि बर्ष पहिला बृहतर बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदले रामानन्द चोक देखि मुजेलिया सम्म करिब ४० लाख खर्चेर डिभाईडर बनाएको थियो । एक बर्ष नबित्दै त्यस्को औचित्य नभएको भन्दै डिभाईडर भत्काईयो ।यसरी ठेकेदार र बृहत्तरका  कर्मचारी मिलेर जनतालाई उल्लु बनाए । अहिले पुनःत्यहि कार्य जनकपुर उपमहानगरपालिकाले गर्दै छन् । अहिले फेरी सोहि सडकमा डिभाईडरमा पार्क बनाउन थालिएको छ । एकजना स्थानियले भने — ६ लाईनको सडक निर्माण हुने निश्चित भईसकेपछि सो सडकमा रकम खर्च गर्नु भ्रष्टाचारको पराकाष्टा हो । 
बृहत्तरले पनि असार मसान्तको अन्तिममा काम गर्ने लागेको भन्दै बजेट कुम्लियाएका थिए । भने उपमहानगरपालिकाले पनि असारको अन्तिममै आएर काम गरेको देखाएर लाखौ भ्रष्टाचार गर्ने सोचमा रहेको सुत्रको दाबि छ । नगरका प्राय सबै नालाहरु डम्पिङ साईडको  रुपमा परिणत भएको छ भने प्राय जसो सडकको अबस्था जीर्ण अबस्थामा रहेको छ । ती कार्यहरु गर्नुको सट्टा करोडौ भ्रष्टाचार गर्ने उदेश्यले षडयन्त्रपूर्ण तरिकाले बिना योजना यस्ता कामहरु गर्न लागिएकोले यस बिषयमा सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ । 
 

 



यसमा तपाईको मत