• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

जनकपुरको अंगराज सरमा डुंगा संचालनमा

जनकपुरको अंगराज सरमा डुंगा संचालनमा

मिथिलाञ्चल समाचारदाता
असाढ २८ गते,जनकपुरधाम ।
जनकपुरमा अहिले पोखरी सरसफाई अभियानले तिव्रता पाएकोे छ । यसै क्रममा अंगराज सर(अरगज्जा पोखरी)को सरसफाई कार्य पनि द्रुत गतिमा अगाडी बढीरहेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता कृष्ण कुमार सिंहले अरगज्जा पोखरीका लागि एउटा डुंगा उपलब्ध गराएका छन । आफ्नै अगुवाईमा सिंहले जानकी युवा क्लवलाई सो डुंगा हस्तान्तरण गरेका थिए । जानकी युवा क्लवका सुशिल कर्णले यो डुंगालाई अहिले परिक्षणका लागि मात्रै पोखरीमा चलाई रहेका छौँ जानकारी गराउँदै अहिले पोखरी सौन्दर्यीकरणको कार्यलाई प्राथमितामा राख्ने बताउनु भयो ।
यसै क्रममा मंगलबार अरगज्जा पोखरीमा परिक्षणका लागि डुंगा चलाइएको थियो । सौन्दर्यीकरणको काम सम्पन्न भएपछि केही अझै डुंगा राखेर पोखरीमा चलाउने योजना रहेको कर्णले जानकारी गराउनु भयो ।
 



यसमा तपाईको मत