• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुर उपमहानगरपालिकाको पचाँसलाख लगानी कर्मचारी र ठेकेदारले गरे सम्पूर्ण रकम बेइमानी

जनकपुर उपमहानगरपालिकाको पचाँसलाख लगानी कर्मचारी र ठेकेदारले गरे सम्पूर्ण रकम बेइमानी
मिथिलाञ्चल समाचारदाता 
अषाढ २८ गते जनकपुरधाम ।
जनकपुरको पिडारीचोक देखि बजरंग चौक सम्म उपमहानगरपालिकाले सोलार बत्ती जडान गरेको भनी सरकारी कोषबाट झण्डै ५० लाख रकम निकासा गरि भ्रष्टाचार गरिएको तथ्य खुलेको छ । 
 गत अर्थिक बर्ष २०७१÷०७२ मा जडान भएको भनेर बजेट निकासा गरी जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर बिरेन्द्र यादब र सम्बन्धित ठेकेदारले रकम हिनामिना गरेको सुत्रले बताए । सडकमा गुणस्तरहीन प्यानल जडान भएको नगरबासीले देखेकै हुन । तर ती मध्ये ९० प्रतीशत प्यानलको बत्ती एकदिन पनि नबलेको कुरा पनि कोहि सँग लुकेको छैन । 
यस बिषयमा जनकपुर उपमहानगरपालिकाका प्रमुख अर्जुन सुबेदिले भने —म आउनु भन्दा पहिला सोलारबती जडान गरिएको हो । 
ती सोलारबत्ती हरुले काम नगरेको कुरा स्बीकार गर्दै प्रमुख सुबेदिले भने —निकट भबिष्यमा चाँडै मरम्मत सम्हार गरने छ । 
एक जना कर्मचारीले भने —बत्ती नै नबलेपछि ठेकेदारको भुतmानी रोकिएको थियो । तर पछि हाकिम साहबहरुको ठेकेदार सँग सहमती भई रकम भुतmानी गरिएको हो —उनले भने ।
नगरको अन्य ठाँउको सोलारबत्तीको अबस्था पनि त्यस्तै रहेको स्थानियबासीहरु बताँउछन् ।
काठमाडौका शाह इलेक्ट्रीक एण्ड जेनरल सप्लार्यसले उतm काम गरेको हो ।
एकजना स्थानियले भने—जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर बिरेन्द्र यादबलाई रकम बाँडेर दिने सहमत हुने ठेकेदारले काम नै नगर्दा पनि भुतmानी हुने सो कार्यलयको चलन रहेको छ । 
यस्ता भ्रष्टाचार गर्ने कर्मचारी लाई कानुनको दायरामा ल्याउन आबश्यक रहेको स्थानिय बुद्धिजीबीहरु बताँउछन् ।
   
 


यसमा तपाईको मत