• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

विराटनगरमा अज्ञात समूहको गोली प्रहारले,एक घाइते

विराटनगरमा अज्ञात समूहको गोली प्रहारले,एक घाइते

मिथिलाञ्चल समाचारदाता
अषाढ २९ गते,विराटनगर
विराटनगरको मुनाल पथमा बिहीबार बिहान ७ः३० बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएकी हुन् ।
मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनीहरु भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।
गोली लागेर घाइते विष्टलाई उपचारका लागि विराटनगर अस्पतालमा पुर्याइए पनि गोली कहाँ लागेको छ र अवस्था के छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
 



यसमा तपाईको मत