• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

वर्षाको पानीमा डुबेर नाबालकको मृत्यु

रंजन भण्डारी

असार २९ गते,महोत्तरी ।

 

 महोत्तरी जिल्लाको मनरा गाउँपालिकामा वर्षाको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनराकट्टी गाउँपालिका २ ईटहर्वाकट्टी बस्ने मुकेश पण्डितका छोरा १६ महिनाका  कुणालबाबु पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

बुधबार साँझ घर अगाडि नै खेलिरहेका बालक अचानक घरबाट हराएको र गएराति १० बजे आफ्नै घर नजिकै रहेको एक खेतमा जमेको वर्षाको पानीमा पानीमा डुबेर उनको मृत्यु भएको अवस्थामा उनको शव फेला परको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

 

    प्रहरीले वर्षाको पानीमा बालक कुणालको खेल्ने क्रममा नै डुबेर मृत्यु भएको प्रारम्भिक अनुमान गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

     यता बालक कुणालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 



यसमा तपाईको मत