• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

मधुश्राबणी त्यौहार शुरु , २१ औं शताब्दीमा महिलाको अग्निपरिक्षा प्रथा कायमै

मधुश्राबणी त्यौहार शुरु , २१ औं शताब्दीमा महिलाको अग्निपरिक्षा प्रथा कायमै
 
दिपक कुमार पाण्डेय
अषाढ २९ गते, जनकपुरधाम ।
समाजमा कायमै रहेको रुढ परम्पराका कारण २१ औ शताब्दीमा आएर पनि महिलाको अगनी परिक्षा स्बरुप महिलालाई टेमि दिने चलन कायमै छ । 
मिथिलाञ्चल क्षेत्रका ब्राम्हण र कायस्त जातीका नबबिबाहिता युबतीहरुले हर्षोल्लासका साथ मनाउने मधुश्राबणी पर्ब बिहिबारदेखि शुरु भएको हो । पर्ब शुरु भएदेखि १५दिनसम्म युबतीहरुले प्रत्येक साँझ १० दखि १५ जना सखीसहेलीहरुको झुण्ड बनाएर फूल टिप्न बिभिन्न फूलबारीमा जाने गरेको छ । टिपेर लगिएको फूलले राती श्रद्धाको स्वरुप पार्बती र बिश्वासको स्वरुप मानिने भगबान शंकरको पूजा गर्ने चलन छ । पूजाको क्रममा युबतीहरुले आफनो पत्तीको लागि दीर्घायू र पती प्रतीको. प्रेमको लागि कामना गर्ने गरेका छन् । त्यसैगरी प्रत्येक साँझ शिबपार्बतीको प्रेम र बैबाहिक जीबन सम्बन्धि कथा सुन्ने गरेका युबतीहरुले आफूमा समर्पणको भाब जागोस भनी प्रार्थणा गर्छन । नब बिबाहित युबतीहरुले पूजा गरेको अबधिभरी सासुर पक्षबाट आएको समानहरु खाने गर्छन । 
पर्बको अन्तिम दिनमा नातेदारहरु समेतलाई बोलाएर हर्षौल्लासका साथ बिशेष पूजाआर्चा गर्ने परम्परा रहेको छ । पूजाको अन्तिम दिनमा युबतीको घुँडा डाम्ने प्रथालाई कतिपयले महिलाको अगनी परिक्षाको रुपमा लिने गरेका छन् । स्थानिय महोत्तरी पिपरा निबासी चाँदनी झा भन्छन —बास्तबमा टेमि प्रथा कलयुगको अगनीपरिक्षा नै हो । पहिलेको भन्दा अहिले धेरै सुधार भईसकेको बताउने झाले भने—अब मिथिलाको सांस्कृतीक धरोहरको रुपमा मात्रै कायम राखिएको  छ ।   
 


यसमा तपाईको मत