• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

धनुषामा विना दर्ता अवैध निजी विद्यालयहरुको अनुगमन तिव्र

धनुषामा विना दर्ता अवैध निजी विद्यालयहरुको अनुगमन तिव्र
मिथिलाञ्चल समाचारदाता 
अषाढ २९ गते, जनकपुरधाम ।
धनुषामा अवैध विना दर्तामा संचालनमा रहेका निजी विद्यालयहरुको अनुगमन गरि बन्द गराउने अभियान जारी रहेको छ । आईतवारदेखि जनकपुरबाट सुरु गरिएको अभियान विहिबारसम्म १३ बटा विद्यालयको अनुगमन गर्दै केही विद्यालयलाई तत्कालै बन्द गर्न निर्देशनसहितको पत्र काटिएको छ । धनुषाका उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले विहिबार ५ वटा विद्यालयमा अनुगमन गर्दै ३ वटा विद्यालयलाई तत्कालै बन्द गर्न पत्र काटिएको जानकारी दिएका छन । 
जनकपुर उपमहानगरपालिका वाडा नं.७ मा ममता मिश्राले संचालन गरेको न्यु ज्ञानमंदिर इग्लिस बोर्डिङ स्कुल विना पूर्वाधार आफनो घरमा २०६३ सालदेखि पूर्व प्राथमिक विद्यालयको नाममा नगरपालिकाबाट अनुमित लिएर कक्षा ६ सम्म संचालन गरेकाले तत्कालै बन्द गर्न निर्देशनसहित पत्र काटिएको छ । जनकपुर ७ बसहिया रोडमा शोभा महासेठले संचालन गरेको स्वस्तिक इग्लिस बोर्डिङ स्कुल कक्षा ५ सम्मको दर्ता प्रमाणपत्र देखाएको भएपनि बैक धरौती पूर्ण रुपमा नबुझाई १० कक्षासम्म संचालन गरेको र अख्तियार दुरुपयोग कार्यालयमा यसै विद्यालयको बारेमा उजुरी भई विद्यालय बन्द गर्न समेत पत्र आई सकेकाल सोही पत्रको सम्मान गर्दै अख्तियारकै पत्रकै निर्देशन पालना गर्न निर्देशन गरिएको छ । विन्धीमा रामसेवक पाठकले संचालन गरेको अनुपम पब्लिक इग्लिस बोर्डिङ स्कुल विना दर्ता , भौतिक पूर्वाधार विना कक्षा ं२ सम्म संचालन गरेकाले बन्द गर्न निर्देशन सहितको पत्र काटिएको छ ।
 यता, विन्धीमै संचालनमा रहेको युनिक नेशनल इग्लिस बोर्डिङलाई बैंक धरौटी नराखेकाले आवश्यक कागजात ३ दिन भित्र अनुगमन समितिलाई बुझाउन निर्देशन दिइएको छ । विन्धीमै संचालनम रहेको जनज्योति इग्लिस बोर्डिङ स्कुलले ४ सम्म दर्ता रहेको संचालक दावा गरेपनि कागजात देखाउन नसकेको र कक्षा ७ सम्म चलाएको पाइएकोले आवश्यक कागजातसहित ३ दिनभित्र अनुगमन समितिलाई बुझाउन पत्र काटिएको छ ।
जिल्ला शिक्षा कार्यालय धनुषाद्धारा गठित टोलीको सदस्यमा सम्बन्धित क्षेत्रको बिधालय निरीक्षक प्रतीभाकुमारी साह , प्याब्सन धनुषा अध्यक्ष बिश्व लाल सिंह , एन प्याब्सन धनुषा अध्यक्ष चन्द्रनारायण मंडल, शिक्षा पत्रकार समुहका दिपेन्द्र सिंह, प्याबसनका प्रदेश सचिव महेश मन्डल ,एन प्याबन धनुषासचिव अवधेश तिवारीसहितको टोलिले आइतवारदेखि निरन्तर विना दर्ता निजी विद्यालयको अनुगमन गरि रहेको छ । 
 


यसमा तपाईको मत