• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एकको मुत्यु , दर्जनौ यात्री घाईते , ५ जनाको यात्रीको अबस्था गम्भिर

जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एकको मुत्यु , दर्जनौ यात्री घाईते , ५ जनाको यात्रीको अबस्था गम्भिर
मिथिलाञ्चल समाचारदाता 
अषाढ २९ गते, जनकपुरधाम ।
जनकपुरमा स्कुल बस र स्कोरपियो एक आपसमा ठोक्किदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भने दर्जनौ यात्री घाईते भएका छन् ।
मृत्यु हुनेमा सिरहा जिल्ला लहान बस्ने अन्दाजी बर्ष ३७ की ललिता चौधरी रहेको जिल्ला ट्राफिक कार्यालय धनुषाका ट्राफिक प्रमुख एवम् प्रहरी नीरिक्षक हरिनन्दन चौधरीले जनाएको छ । 
जनकपुर उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको बाबा पेट्रोल पम्प अगाडी  उक्त सवारी दुर्घटना भएको हो । 
जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लहानबाट जनकपुर तर्फ आउँदै गरेको को १ च ८५१७ नम्बरको स्कोरपियो तथा विपरित दिशातर्फबाट आउँदै गरेको ना १ क ४८०५ नम्बरको जनकपुरको मोनाष्टिक स्कुलको स्कुलबसलाई ठक्कर दिएको जनाइएको छ । 
ढल्केवरतर्फबाट जनकपुर आउँदै गरेको एक ट्रयाक्टरलाई स्कोरपियोले ओभरटेक गर्ने क्रममा गलत दिशामा गई बसलाई ठक्कर दिएपछि दुर्घटना भएको बताईएको छ ।  उक्त दुर्घटनामा स्कोरपियोमा सवार १० जना घाईते भएका छन् भने स्कुल बसमा सवार बच्चाहरु सकुशल रहेको तथा एक बच्चालाई खुट्टामा समान्य चोट लागेको जनाइएको छ । 
घाईते हुनेहरुमा लक्ष्मण यादव, अरुणदेव सिँह, रामपुकार, हरेराम यादव, मणि कामत, सागर देवी चौधरी, रामरति महरा, सरिता देवी चौधरी र दिलीप कुमार चौधरी रहेका छन् । 
घाईतेहरु मध्ये स्कोरपियोमा सवार हरेराम यादव, सरीता देबि ,सागरदेवी, सरिता देवी र चालक दिलिप चौधरी गम्भिर घाईते भएको चौधरीले बताए ।
घाईतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको जनाइएको छ ।
 


यसमा तपाईको मत