• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

४० हजार घुस सहित जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत पक्राउ

४० हजार घुस सहित जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत पक्राउ

मिथिलाञ्चल समाचारदाता
असार २९ गते, सर्लाही ।
सर्लाहीमा जिल्ला समन्वय समितिका एक जना कार्यक्रम अधिकृत घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिबासबाट गएको टोलीले जिल्ला समन्वय समति सर्लाहीका पोषण तथा सरसफाई कार्यक्रम अधिकृत नविना रायलाई दुई ४० हजार रुपैयाँ घुस सहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
मुसहर समुदायको बालबालिकाको लागि पोषण तथा सरसफाई कार्यक्रमको लागि विनियोजित भएको रकमबाट कार्यसम्म भई भुक्तानी लिन जाँदा दुई जना सेवाग्राहीसंग २०।२० हजार लिएको घुसको उक्त रकम सहित अधिकृत रायलाई कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ । कार्यसम्पन्न हुँदा भुक्तानीको लागि सेवाग्राही गएपछि अधिकृत रायले भूक्तानी अघि घुस मागेकी थिइन् । त्यस पश्चात दुई जना सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिबास महोत्तरीमा उजुरी गरेका थिए ।
पक्राउ परेकी अधिकृत रायलाई भ्रष्टाचार निवारण ऐन अनुसार कार्वाहीको लागि प्रक्रिया अगाडी बढाएको अयोगले जनाएको छ ।
 



यसमा तपाईको मत