• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

सप्तरीमा हत्या गरी फरार २३ वर्ष तथा फैसलाको १४ वर्ष पछि दुई जना प्रहरी हिरासतमा

सप्तरीमा हत्या गरी फरार २३ वर्ष तथा फैसलाको १४ वर्ष पछि दुई जना प्रहरी हिरासतमा

मिथिलाञ्चल समाचारदाता
अषाढ ३१ गते,सप्तरी
प्रहरी २३ वर्षअघि सप्तरीको पकरी चोकमा रामलिला हेरी आप्नो घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई कुटपीट गरी हत्या गर्ने मध्येका दुई जनलाई पक्राउ गरेको छ ।  
वादबिबादको क्रममा कुटपिट गरी धारीलो हतियार प्रहार गरेर हत्या गर्ने मध्ये सचिन्द्र यादव, कारी यादव, कारी सदा मुसहर, रामकिसुन सदा मुसहर र दामोदर सदा मुसहर समेतका पाँचजना रहेकोमा हालसम्म फरार रहेका सप्तरीकै महादेवा गाऊँपालिका वडा नं. १ स्थायी घर भइ काठमाडौंको धुम्बाराहीमा डेरा गरी बस्ने  ४६ बर्षीय सचिन्द्र यादव र  ३५ बर्षीय कारी यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले बिहीबार बालाजु, काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त कर्तब्य(ज्यान मुद्दामा सर्वोच्च अदालतको २०६२ चैत ७ गते दुवै जनालाई सर्वश्व सहित जन्म(कैदको सजाय सुनाइ सकेको छ । प्रहरीले दुवै जनालाई ०७४ असार ३० गते फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको  र अदालतको आदेश बमोजिम केन्द्रिय कारागार पठाइएको जनाएको छ ।

 



यसमा तपाईको मत