• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुर उपमहानगरपालिकामा करोडौको भ्रष्टाचार सडक निर्माण कागतको पानामा सिमित

जनकपुर उपमहानगरपालिकामा करोडौको भ्रष्टाचार सडक निर्माण कागतको पानामा सिमित
मिथिलाञ्चल समाचारदाता 
अषाढ ३१ गते , जनकपुरधाम ।
जनकपुर प्रवेश गर्ने प्राय सबै वाटोहरु अबरुद्ध छन । हेर्दा हिल्लामै छन् । गाडीको कुरा परै जाओस, मान्छे समेत हिडने अवस्था छैन । धनुषाका पूर्वी भागका बिरामीहरु स्वास्थोपचारको लागि जनकपुर आउन एम्बुलेन्स समेत प्रयोग गर्न पाएका छैनन । महोतरी जिल्ला मध्य तथा पूर्वी भागमा बस्नेको अवस्था त्यस्तै छ । धनुषा र महोतरीका किसानहरु पानीका अभावमा धान रोपाइ गर्न सकेका छैनन । तर नालाको अभावमा जनकपुरमा हिलो नै हिलो छ । त्यस्तो अवस्थामा नगरबासीलाइ मूर्ख बनाउदै जनकपुर उमहानगरपालिकाका इन्जिनियर बीरेन्द्र यादव भन्छन — जनकपुरको प्राय सबै सडकहरु कालोपत्रे भइसकेको छ । पानीको निकासको राम्रो व्यवस्था छ । सबै नालाहरु सुचारु अवस्थामा छन । यसबाट प्रष्ट हुन्छ की जनकपुर उपमाहानगरपालिकाको सम्पूर्ण कार्य कागतको पानामा सीमित छ ।
जनकपुर उपमाहानगरपालिकाका प्रमुख नवराज बस्नेत भन्छन जनकपुरको बिकासको लागी नेपाल सरकारले १३करोडको रकम अनुदान दिएको थियो । सो रकम मध्ये ९० प्रतिशत रकमको काम भइसकेको रेकर्ड छ । तर काम काहा भयो ? भन्ने सवालमा उनी भन्छन— त्यो कुरा प्राविधिकहरुलाइ थाहा हुनुपर्दर्छ । यस्ता गैर जिम्मेबारीपूर्ण जवाफबाट प्रष्ट हुन्छ हाकिम,प्राविधिक र ठेकेदार सबै मिलेर सम्पूर्ण रकम झवाम्म पारेका छन । 
सूत्रका अनुसार राजनिति दलका प्रतिनिधिहरुले आफनो हैसियत अनुसारको अंश पाएका छन । यति हुदा हुदै पनि आफुलाइ क्रान्तिकारी मानेर चिनाउन रुचाउने नगरका विभिन्न यूवा जमात चुप लागेर बसेका छन । 
एक जना बुद्धिजीविले भने —जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरु छन की आतंककारीहरु छन भन्ने कुरा छुटयाउन कठिन भएको छ ।  यस विषयमा सबै पक्ष गम्भीर हुनु जरुरी छ ।
 


यसमा तपाईको मत