• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

जनकपुरमा दुई वृद्धको शव भेटियो

जनकपुरमा दुई वृद्धको शव भेटियो
मिथिलाञ्चल समाचारदाता 
अषाढ ३१ गते , जनकपुरधाम ।
जनकपुर उपमहानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले दुई जना पुरुषको शव बरामद गरेको छ । प्रहरीले स्थानीय राम मन्दिरको प्रतिक्षालयबाट शनिवार दिउँसो ३ बजेको समयमा नाम र वतन नखुलेका एक वृद्ध पुरुषको शव र विहान ८ वजे जनकपुर–१६ कपिलेशवर बस पार्कबाट एक वृद्ध पुरुषको शव बरामद गरेको छ । कपिलेश्वर बस पार्कमा बरामद भएको शव जनकपुर–१८ बस्ने अन्दाजी ५० वर्षिय रोहनी गिरीको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै शवको वारेमा स्थानीयले प्रहरीलाई जानकारी गराएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोज यादवले जानकारी दिए । गिरी वर्षोदेखि मदिरा सेवन गर्दै आएको परिवारजनले प्रहरीलाई जानकारी दिएको उनले बताए । दुवै शवलाई पोस्टमाटको लागि जनकपुर अञ्चल असपतालमा राखिएको उनले बताए ।
 


यसमा तपाईको मत