• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

१५ एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस, एक नम्बरमा सर्वेन्द्र खनाल

मिथिलाञ्चल समाचारदाता
श्रावण १ गते, काठमाडौं ।
१५ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ । ११ डिआइजीलाई एआइजीमा बढुवाको सिफारिस गरेलगतै बढुवा समितिले १५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

एसएसपीबाट डिआइजी बढुवामा सिफारिस हुनेहरुमा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कल रेग्मी, पवन खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानेन्द्र विक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेशक्रिम शाह रहेका छन् ।



यसमा तपाईको मत