• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

काश्मीर आक्रमणमा तीन चरमपन्थीको मृत्यु

श्रावण १ गते ।
भारत प्रशासित काश्मीरको त्राल इलाकामा सेनासँग भएको भिडन्तमा तीन जना चरमपन्थी मारिएका छन् । सेना, अर्धसैनिक बल र प्रहरीहरुको खोजी गर्ने क्रममा चरमपंथी सतूरा गाउँको  एउटा घरमा घेरिएका थिए ।
श्रीनगरदेखि ४० किलोमीटर पर रहेको त्रालमा पछिल्लो वर्ष चरमपन्थी कमाण्डर बुरहान वानी भिडन्तको क्रममा मारिएका थिए । वानीको मृत्युपश्चात् काश्मीरमा महिनौसम्म हिंसक प्रदर्शन चलेको थियो । जस्मा लगभग १ सय जनाले ज्यान गुमाएका थिए भने पैलेट गनको छर्राले गर्दा दर्जनौको आँखाको ज्योति गुमेको थियो गत १०  जुलाईमा हिन्दु तीर्थ यात्रीमाथि भएको आक्रमणपछि जारी अभियानमा भारतीय सुरक्षाबलले पहिलो पटक सफलता प्राप्त गरेको प्रहरीले जनाएको छ ।
पाकिस्तानको हथियारबन्द संगठन जैश–ए–मोहम्मद मारिएका चरमपन्थी आफ्नो सदस्य रहेको बताएका छन् र आफु यस आक्रमणको बदला लिने चेतावनी दिएका छन् । जैशको स्थापना पाकिस्तानको मौलवी मसूद अजÞहरले गरेका थिए ।
संयुक्त राष्ट्र सुरक्षा परिषदमा अजÞहरको अन्र्तराष्ट्रिय चरमपन्थी घोषित गर्नका लागि अमेरिका र अन्य वैश्विक शक्तिहरुलाई एकजुट गर्नमा चीन, भारतको प्रयासमा वीटो लगाउँदै आएको छ ।
 



यसमा तपाईको मत