• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

धनुषामा आईतबार पनि निजी विद्यालयको अनुगमन जारी

धनुषामा आईतबार पनि निजी विद्यालयको अनुगमन जारी
 
मिथिलाञ्चल समाचारदाता 
श्राबण १ गते, जनकपुरधाम । 
जिल्ला शिक्षा कार्यालय धनुषाले थालेको निजी विद्यालय अनुगमन कार्यले आईतवार पनि निरन्तरता पाएको छ । जिल्ला शिक्षा कार्यालय धनुषाका उप जिल्ला शिक्षा अधिकारी मेहिलाल यादवको नेतृत्वका आईतवार जनकपुर उपमहनगरपालिकाका ७ वटा विद्यालयमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा स्थानीय पिराडी चोकको नमुना बस्तीमा जिबछ यादबले सञ्चालन गरेको ह्वाइट हाउस विद्यालय बिना दर्ता कक्षा ४ सम्म सञ्चालन भईरहेको बताईएको छ । बिना दर्ता र भौतिक पूर्बाधार समेत नरहेको उक्त विद्यालयलाई तत्काल बन्द गर्न निर्देशन समेत दिएको छ । त्यस्तै, जनकपुर–८ मा भोला मिश्रले सञ्चालन गरेको होली मिशन हाई स्कूललाई यूकेजी कक्षा सम्मको अनुमति छ । तर कक्षा ८ सम्म सञ्चालन भईरहेको पाईएकोले थप कक्षा तत्काल बन्द गर्न अनुगमन टोलीका संयोजक यादवले पत्र काटि निर्देशन दिएको छ । अनुगमनमा थापा चोकका ग्यान सागर स्मार्ट एजुकेशन एकेडमी यूकेजी कक्षा सम्म मात्र सन्चालनमा रहेको पाइयो । स्थनीय पुल चोकका शिव सारदा इङलिस बोर्डिङ स्कूल र चाइड केयर शिशू सदन अनूमति भन्दा बढी कक्षा चलाईरहेको पाईएकोले थप कक्षा तत्काल बन्द गर्न निर्देशन दिईएको छ । भौतिक पूर्वाधार कमजोर भएको तथा प्रतिबन्ध लागईएका अल्बेस्टरमा आवश्क भन्दा बढी विद्यार्थी राखेको पाईएकोले छात्रावास हटाउन टोलीले निर्देशन समेत दिएको छ । 
 
 


यसमा तपाईको मत