• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

अञ्चल अस्पताल जनकपुरको सेवा तथा व्यवस्थापन सम्वन्धमा आयोग द्धारा अनुसन्धान शुरु

अञ्चल अस्पताल जनकपुरको सेवा तथा व्यवस्थापन सम्वन्धमा आयोग द्धारा अनुसन्धान शुरु
मिथिलाञ्चल समाचारदाता 
श्राबण १ गते, जनकपुरधाम । 
जनकपुर अञ्चल अस्पतालले उपलव्ध गराउने सेवाहरु गुणस्तरहिन रहेको, महशुल निजी क्लिनिक भन्दा महंगो भएको, असहाय तथा विपन्न वर्गका विरामीहरुले सेवा पाउन नसकेको, अस्पताल परिसरको सरसफाईमा अस्पताल व्यवस्थापनले ध्यान नदिएको, चिकित्सकहरुले आफ्नो डिउटीको समयमा पनि निजी क्लिनिकहरुमा बसेर काम गरेको भनि विभिन्न सञ्चार माध्यमहरु र समाजिक सञ्जालहरुमा संम्प्रेसित समाचार प्रति राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको ध्यानाकर्षण भएको छ । स्वास्थ्यको अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा सुनिश्चितता गरेको र मानव अधिकारको रुपमा स्वास्थ्यको अधिकारको संरक्षणका लागि राज्यले विभिन्न कानून निर्माण गरी स्वास्थ्य संस्था, जनशक्ति तथा अन्य आवश्यकीय वस्तुहरुको समेत प्रभावकारी व्यवस्था गरिरहेको अवस्थामा सो को कार्यान्वयनको अवस्था प्रभावकारी र गुणस्तरीय हुन नसक्नुका साथै नागरिकको सहज पहुँचमा समस्याहरु आईरहेका छन । सेवाप्रवाह गर्ने निकायहरु ज्वाफदेही नभएकोले समस्याहरु थप जटिल भएका छन यसै सन्दर्भमा अञ्चल अस्पताल जनकपुरबाट प्रवाह भईरहका सेवा तथा अस्पतालको समग्र कार्यका सम्वन्धमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्न मानव अधिकार अधिकृतहरु दिप कुमार यादव र इनद्रजित सहनीको टोली खटाइएको छ र अनुसन्धान तथा अनुगमन टोलीले आज श्रावण १ गते देखि आफ्नो काम सुरु गरेको छ । टोलीले यस सम्वन्धमा विस्तृत अनुसन्धान र अनुगमन गरी पेश गरेको प्रतिवेदनका आधारमा आयोगले नेपाल सरकारलाई सिफारिश तथा निर्देशन गर्ने आयोगको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक दिपेन्द्र सिंहले जानकारी गराउनु भएको छ ।
 


यसमा तपाईको मत