• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

अमेरिकी जासुसलाई इरानमा १० वर्ष जेल सजाय, अमेरिकाले भन्यो — झुठा आरोपमा पक्राउ गरिएका लाई तत्काल रिहा गर्नुपर्छ

एजेन्सी
साउन २ गते
 इरानमा अमेरिकी एक नागरिकलाई जासुसीको आरोपमा १० वर्षको जेल सजाय सुनाईएको छ । इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो ।

सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झण्डै चार हजार पाना दस्तावेज डिजिडल अर्काइब पनि गरिएको इरानले जनाएको छ । इरानका अनुसार झण्डै ७० जना जासुसीको आरोपमा पक्राउ परेका छन् र ती मध्ये केहीको नाम मात्र सार्वजनिक गरिएको छ । अमेरिकाले भने झुठो आरोपमा पक्राउ परेका आफ्ना नागरिकलाई रिहा गरिदिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इरानसँग आफ्ना नागरिकलाई झुठा आरोपमा पक्राउ नगर्न र पक्राउ परेकालाई तत्काल रिहा गर्न भनेको हो ।



यसमा तपाईको मत