• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

निगमले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने

मिथिलाञ्चल समाचारदाता
श्रावण २ गते, काठमाडौं ।
नेपाल वायुसेवा निगमले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ । निगमको एक मात्र बोइङ विमान मर्मत गर्न सिङ्गापुर लगिने भएपछि मर्मत अवधिभर ४५ देखि ६० दिन भुटान एयरलाइन्सको विमान भाडामा लिने निर्णय गरेको थियो । तर, भुटान एयरलाइन्सको विमान पुरानो भएको र नेपाली हवाई नीतिअनुसार प्रयोग गर्न नमिल्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान नलिने निर्णय गरेको हो ।

निगमको बोइङ मर्मतका लागि शुक्रबार सिङ्गापुर पठाइएको निगमले जनाएको छ । निगमले एक बोइङ र दुई एयरबसबाट हप्तामा ३७ उडान भर्दै आएकामा बोइङ मर्मतमा गएपछि १७ उडान कटौती गरेको छ । बोइङ नभएपछि भारतको नयादिल्ली र बैंगलोर र मलेसियाको क्वालालम्पुरका केही उडान कटौती भएको निगमले जनाएको छ ।



यसमा तपाईको मत