• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

मिथिलाञ्चल समाचारदाता
श्रावण २ गते, काठमाडौं ।
सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सेन्सरले अहिले परीक्षणको काम गरिरहेको वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । यो सेन्सरले चट्याङ कता पर्छ भन्ने जानकारी दिने उहाँले बताउनुभयो ।

अहिले परीक्षणको काम गरिरहेको सेन्सरले दुई तीन महिनापछि सर्वसाधरणलाई चट्याङबारे जानकारी दिने भएकाले चट्याङको जोखिम घटाउन सकिने उहाँको भनाई छ ।



यसमा तपाईको मत