• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

आयोगद्वारा चुनावी एेन र निर्वाचन क्षेत्र निर्धारणको प्रतिवेदन माग

मिथिलाञ्चल समाचारदाता
श्रावण २ गते, काठमाडौं ।
निर्वाचन आयोगले चुनाव सम्बन्धी ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल आफूहरुलाई उपलब्ध गराउन माग गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अन्य आयुक्तहरुले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी यस्तो आग्रह गर्नुभएको हो । आयोगले साउन १५ गतेभित्र क्षेत्र निर्धारण गरी प्रतिवेदन दिन सरकारलाई यसअघि नै लिखित रुपमा आग्रह गरेको थियो ।

आइतबारको छलफलमा प्रधानमन्त्री देउवाले  चुनावसम्बन्धि ऐन छिट्टै पारित गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त यादवले संविधानले व्यवस्था गरेअनुसार २०७४ साल माघ ७ गतेभित्रै प्रदेशसभा तथा प्रतिनिधि सभाको चुनाव गर्नु अत्यावश्यक रहेको बताउनुभएको थियो । आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि आइतबारदेखि मतदाता नामावली संकलनको काम सुरु पनि गरेको छ ।
 



यसमा तपाईको मत