• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

जिल्ला समन्वय समितिले गरीबसँग विशेश्वर कार्यक्रमको गर्यो अनुगमन

 

मिथिलाञ्चल समाचारदाता

श्रावण २ गते, जनकपुरधाम ।

गरीबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरी सञ्चालित गरीबसँग विशेश्वर कार्यक्रमको आइतबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सन्त बहादुर सुनार नेतृत्वको टोलीले आइतबार धनुषा जिल्लाको घोडघास गाविसमा सञ्चालित उक्त कार्यक्रमको अनुगमन गरेको हो ।

गरीब सँग विशेश्वर कार्यक्रमका संयोजक श्याम नारायण यादवका अनुसार २०५८ सालदेखि सञ्चालनमा ल्याईएको उक्त कार्यक्रम विगत केही वर्षदेखि समन्वय समिति धनुषाका कर्मचारीहरुको लापरबाहीका कारण फ्रिज हुदैँ आएको थियो । जिल्लाको विभिन्न १० वटा गाविसमा सञ्चालित उक्त कार्यक्रमलाई यस आर्थिक वर्षदेखि निरन्तरता दिने संयोजक यादवको भनाई रहेको छ ।

कार्यक्रमको बजेट कुल १२ लाख रहेको बताउँदै संयोजक यादव प्रत्येक गाविसका लागि १ लाख ८० हजार रकम छुट्याईएको जानकारी दिए ।  हाल सिनुरजोडा, कुर्था, देवडीहा, बलहागोठ, सुगानिकास, प्रको महुवा, लौवापरसाहीसहितका गाविसमा गरीब सँग विशेश्वर कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रम अन्र्तगत गरीब तथा पिछडिएका वर्गलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न प्रकार सीपमूलक तालिम दिदै आएको संयोजक यादवले बताए ।    

 



यसमा तपाईको मत