• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

भारतलाई हराउँदै वेष्टइण्डिज टी-२० विश्वकपको फाइनलमा

मिथिलान्चल समाचारदाता
जनकपुरधाम,१८ चैत ।
वेष्टइण्डिजले भारतलाई ७ बिकेटले हराउँदै टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले दिएको १९३ रनको लक्ष्य वेष्टइण्डिजले २ बल बाँकी रहदै हासिल गरेको थियो । वेष्टइण्डिजको तर्फबाट लेन्डल सिमन्स ५१ बलमा ८३ रन र एन्ड्रु रसैल २० बलमा ४३ रनको योगदान दिइएको छ ।खेलको म्यान अफ दि म्याच लेन्डल सिम्न्सलाई प्रदान गरिएको  छ । विश्वकप  टी-२० को  फाइनलमा अव वेष्टइण्डिज र ईंगल्याण्डको खेल ३ अप्रिलमा  हुन्छ ।टस हारेर ब्याटिङको निम्तो पाएको भारतको सुरुवात निकै राम्रो रहृयो । रोहित शर्मा र अजिन्क्या रहाणेले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे । आठौं ओभरमा रोहित ४३ रनमा आउट भएपछि कोहली आए । उनले आक्रामक पारी खेले । रहाणेसँग ६६ रनको साझेदारी गरे । रहाने ४० रनमा आउट भए ।त्यसपछि कोहलीलाई कप्तान महेन्द्र सिंह धोनीले साथ दिए । कोहलीले ४७ बलमा ११ चौका र एक छक्काको मदतमा अविजित ८९ रन बनाए भने धोनी १५ रनमा अविजित रहे ।



यसमा तपाईको मत