• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

ज्यान लिँदै मौसमी फ्लू, कसरी बच्ने ?

मिथिलाञ्चल समाचारदाता
श्रावण २२ गते, काठमाडौँ ।
पछिल्लो दुई हप्ताको अवधिमा उपचारकै क्रममा पाल्पामा पाँचजना बिरामीको ज्यान गयो । झापाका दुई बिरामी भारतको एपोलो अस्पताल पुगे । तर पनि उपचार सम्भव भएन । त्यस्तै काठमाडौंको ग्राण्डी, ग्रिन सिटी, त्रिवि शिक्षण लगायतका अस्पतालमा पनि उपचारकै क्रममा बिरामीको ज्यान गएको छ । यि सबै अस्पतालमा उपचकरा लागि आएको मौसमी फ्यूका केही बिरामीको ज्यान गएको हो ।

रुघाखोकी लाग्ने, घाँटी दुख्ने, बान्ता हुने जस्ता सामान्य मानिएका रोग तथा लक्षणले पनि मानिसको ज्यान लिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्याङ्जा, पाल्पा, झापा, कास्की लगायतका जिल्लाका केही ठाउँमा अहिले मौसमी फ्लू ९एच वान एन वान भाइरस ० फैलिएको छ ।
बिरामी बढ्दै, त्रास थपिँदै

सामान्य रुघाखोकी लाग्दा अस्पताल जानु त परको कुरा, धेरैले वास्ता पनि गर्दैनन्  । हप्ता दिनमै निको हुने भएकाले सामान्य रुघाखोकी लाग्दा अस्पताल जाने कमै हुन्छन् । रुघाखोकी लाग्दैमा ज्यानै जाने पनि होइन । तर सुरुमा रुघाखोकीकै लक्षण देखिने मौसमी फ्लूका कारण अहिलेसम्म  १० जनाले ज्यान गुमाइसकेका छन् ।

उपचारका लागि अस्पताल पुग्दा पुग्दै पनि बिरामीले ज्यान गुमाउनु परिरहेको छ । अस्पतालमा रुघाखोकी र स्वासप्रस्वासका बिरामी आउने क्रम पनि बढ्दै छ । स्वाइन फ्लू भनेर धेरैले बुझ्ने गरेको मौसमी रुघाखोकीले बिरामीका लागि मात्रै होइन अरु नागरिकमा पनि उत्तिकै त्रास थपेको छ । तर डाक्टरले भने रुघाखोकी लाग्दैमा आत्तिनु नपर्ने भनिरहेका छन् ।
रुघाखोकी त हो भनेर हेलचक्र्याइँ नगरौं

मौसमी फ्लूकै कारण देशका विभिन्न ठाउँमा संक्रमण पनि फैलिँदै गएको छ । मौसमी फ्लूको संक्रमण बढेकाले सामान्य रुघाखोकी त हो भनेर घरमै बस्ने अनि जटिल भैसकेपछि अस्पताल जादाँ बिरामीले ज्यान गुमाउनु परेको बताउनुहुन्छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। भीम आचार्य ।
औषधि अभाव छैन

मौसमी फ्लूले ९९ प्रतिशत मानिसमा मन्द रुघाखोकी र एक प्रतिशतमा मात्रै गम्भीर असर गर्छ । रोगीको सम्पर्कमा आएका हरेक तीनजनामा एक बिरामी हुन्छन् । प्रति १० हजार बिरामीमा चारदेखि १० जनाको ज्यान जाने गरेको छ । डाक्टरका अनुसार दीर्घरोगी, बालबालिका र गर्भवतिले भने अति नै संवेदनशील बन्नुपर्छ ।

बिरामीलाई विशेष उपचारसहित ‘ट्यानी फ्लू’ औषधि दिनुपर्छ । फ्लू लागेको प्रमाणित भएपछि मात्र यो औषधि चलाउने गरिएको डा। आचार्यले बताउनुभयो । अरु सामान्य बिरामीलाई भने यो औषधि दिने गरिएको छैन ।

सरकारले आवश्यक औषधि रोग फैलिएका जिल्लामा पठाएको र अहिले औषधिको अभाव नभएको बताउँदै आएको छ । अहिले देखिएको मौसमी फ्लू नियन्त्रणका लागि ज्यान गुमाउनेको तथ्याङ्क संकलन गरी रोगको कारण खोजी थप नियन्त्रणका उपाय खोज्ने काम भैरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। राजेन्द्र पन्तले उज्यालो अनलाइनलाई बताउनुभयो ।
कसरी फैलिन्छ मौसमी फ्लू रु

इपिडिमियोलोजी रोग महाशाखाका निर्देशक डा। भीम आचार्यका अनुसार मौसमी फ्लू मौसम परिवर्तन हुँदै गर्दा भाइरसबाट फैलने गर्छ । यो रोगले बच्चा, युवा, बुढाबुढी सबैलाई रुघाखोकीले सताउने गर्छ ।

युवा उमेरमा रोगसँग लड्ने क्षमता बढी हुने भएकाले यो रोगले खासै असर गर्दैन । तर युवा उमेर भन्दा बढि बालबालिका, महिला र दीर्घरोगीलाई यसको संक्रमण छिटो हुने गर्छ । मधुमेह, रक्तचाप, मुटुरोग, मृगौला तथा अन्य दीर्घरोगीले बढी सावधानी अपनाउनुपर्छ ।
कसरी बच्ने रु

रुघाखोकी त हो नि भनेर बेलैमा वास्ता नगर्दा रोग जटिल हुन सक्छ । त्यसैले साधारण लक्षण देखिनासाथै अस्पताल गएर जाँच गरी औषधि खाएमा यसबाट सजिलै बच्न सकिने डाक्टरको भनाई छ ।

मास्क लगाउने,  भिडभाडमा सकभर नजाने, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने, रुमाल नभए हातको पाखुराले भएपनि छेक्ने, अरुले प्रयोग गरेका रुमाल सकेसम्म प्रयोग नगर्ने गर्नै परे राम्रो सँग धोएर प्रयोग गर्ने, पोषिलो र झोल पदार्थ खाने, रुघा लागेका मानिससँग अंकमाल नगर्ने, सकभर भेटघाटमा नमस्कार गर्ने हो भने यसबाट बच्न सकिन्छ । सरसफाइमा ध्यान दिन सके यो भाइरस फैलन नपाउने डाक्टरले बताएका छन् ।



यसमा तपाईको मत