• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

मिथिला नगरपालिकाले वृद्धाहरुलाई भत्ता वितरण गर्दै

मिथिलान्चल समाचारदाता
जनकपुरधाम,चैत १९ गते ।
मिथिला नगरपालिकाले नगर क्षेत्र भित्रका वृद्धवृद्धाहरुलाई सामजिक सुरक्षा भत्त वितरण शुरु गरेको छ । शुक्रबार नगरपालिकाले नगर क्षेत्र भित्रका ढल्केवर , वेंगाडावर र नक्टाझिजका वृद्धवृद्धाहरुलाई भत्ता वितरण गरेको जनाएको छ ।नगरपालिका भित्र पर्ने साविक गाविसहरुको कार्यालयमा आर्थिक वर्ष २०७२।०७३ को समाजिक सुरक्षा भत्ता वितरण कार्य शुरु भएको हो ।  शुक्रबार मात्र एक दिनमा करिब ५० लाख भन्दा बढी रुपैया भत्ता वापत वितरण गरेको मिथिला नगरपालिकाका कार्यकारी अधिकृत केवलकान्त झाले जानकारी दिएका छन् । अधिकृत झाका अनुसार बाँकी रहेकाहरुलाई आईतवारदेखि पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ ।यस्तै मिथिला नगरपालिकाको दोश्रो नगर परिषद शनिवार हुन लागेको समेत उनले जनकारी दिएका छन् ।
 



यसमा तपाईको मत