• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

धनुषामा मासु सप्ताह मनाइदै

मिथिलान्चल समाचारदाता
जनकपुरधाम,चैत १९ गते ।
मासु उपभोक्तालाई जनचेतना जगाउने उदेश्यले जिल्ला पशु सेवा कार्यालय धनुषा मासु सप्ताह मनाईरहेको छ ।१४ चैतदेखि सुरु भएको मासु सप्ताह कार्यक्रम अन्तर्गत पशु कार्यालयले जिल्लाका विभिन्न बजारमाहरुमा रहेका मासु पसलहरुको अनुगमन, मासु व्यवसायिहरुसँग अन्तरक्रिया, मासु उपभोक्ता तथा विभिन्न सरकोकारवाला निकायसँग गोष्ठी गरेको छ । “स्वस्थ्य र सफा मासु उत्पादन गरि चिसोमा राखेर सेवना गरौ”, तथा “व्यवसायिहरुले स्वस्थ्यकर मासु उत्पादन तथा विक्रिवित्तरण गर्न तोकिएको मापदण्ड अनिर्वाय रुपमा पालन गरौ” मुल नाराको साथ सुरु भएको मासु सप्ताहले यहाका मासु उपभोक्तामा जनचेतना बढेको जिल्ला पशु सेवा कार्यालय धनुषाका प्रमुख शम्भु साहले दावी गरेका छन् ।मासु सप्ताहमा यहाँका उपभोक्ता तथा मासु व्यवसायिहरुले उल्लेखनिय संख्यामा सहभागि भईरहेको प्रमुख साहले बताए ।
 



यसमा तपाईको मत