• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुरधाम नगरक्षेत्र जलमग्न, सरोकारबाला पक्षको विरोधमा डुंगा चलाईयो

जनकपुरधाम नगरक्षेत्र जलमग्न, सरोकारबाला पक्षको विरोधमा डुंगा चलाईयो

नेहा झा
श्रावण २८ गते, जनकपुरधाम ।
सरोकारबालाको वेवास्ताका कारण जनकपुरधाम नगर क्षेत्र जलमग्न बनेको विरोधमा नगरमा आज डुंगा चलाईएको छ ।
परिवर्तनका लागि युवा अभियान नामक संस्थाका संयोजक सुशिल कर्णको अगुवाईमा जनकपुर नगर क्षेत्रको विकाससँग प्रत्येक्ष सरोकार राख्ने निकायहरुको विरोधमा जनकपुर अञ्चल अस्पताल, देवी चोक, रंगभूमि मैदान बाह्रविग्घा, रामानन्द चोकसहितका स्थानहरुमा डुंगा चलाईएको हो ।
लगातारको वर्षाले जनकपुरधाम नगरक्षेत्र प्रत्येक वर्ष जलाशयमा परिणत हुँदै आएपनि नाला तथा सडक निर्माणसँग सरोकार राख्ने जनकपुर उपमहानगरपालिका, जिल्ला समन्वय समितिसहितका निकायहरुले चासो नलिंदा स्थानीयहरु पटक पटक उक्त समस्या भोग्न बाध्य भएको अभियानका संयोजक कर्णको भनाई रहेको छ । उक्त सांकेतिक विरोधमा मानवअधिकारकर्मी, युवा अभियन्ता, नागरिक समाजसहितको सहभागिता रहेको थियो ।
 



यसमा तपाईको मत