• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मिथिला नगरपालिकाको दोश्रो नगर परिषद सम्पन्न, आ.व.२०७३।०७४ को अनुमानित बजेट साढे ६ करोड भन्दा बढी

शैलेन्द्र महतो
जनकपुरधाम , चैत २१ गते ।
 
धनुषाको मिथिला नगरपालिकाको दोश्रो नगर परिषद सम्पन्न भएको छ । नगरपालिकाको कार्यकारी अधिकृत एवं प्रमुख केवलकान्त झाको अध्यक्षता एवं धनुषा क्षेत्र नं. ७ का निर्वाचित सांसद तथा पूर्व राज्य मन्त्री सत्रुन महतोको प्रमुख आतिथ्यमा परिषद सम्पन्न भएको हो ।
ढल्केवरको महेन्द्र माविको प्रांगणमा भएको परिषदमा आगामी आर्थिक वर्ष २०७३।०७४को लागि पारित निती तथा बजेट अधिकृत झाले प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७३।०७४ को कुल  अनुमानित बजेट  व्यय तर्फ सामाजिक सुरक्षा भत्तासमेतको चालु खर्च १ करोड ६० लाख १२ हजार ८ सय रुपैया र पुँजीगत खर्च ४ करोड ९४ लाख २६ हजार रुपैँया गरी जम्मा बजेट ६ करोड ५४ लाख ३८ हजार  ८ सय रुपैया रहेको नगरपालिकाले जनाएको छ ।
सो बजेटबाट आ.व.२०७३।०७४ नगरपालिकालाई खुल्ला दिशामुक्त बनाउन , खाने पानीको समस्या समाधान गर्न ,पर्यटन प्रवर्धन गर्न पिकनिक स्पोर्ट संभावित स्थानमा निर्माण गर्ने , जनताको कामकाज सहजहुने उद्देश्यले वाडा कार्यालयहरु निर्माण गर्ने लगायतको कार्याहरुमा विषेश जोड दिने निती नगरपालिकाले लिएको परिषदमा प्रस्तुत गरिएको छ ।
त्यस्तै परिषदमा जारी आ.व.२०७२।०७३को अयव्यय विवरण नगरपालिकाका लेखा अधिकृत रामपरीक्षण पंडितले प्रस्तुत गरेका थिए ।  
परिषमा धनुषाका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेती , नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजकुमार महतो , एमालेका नेता टंक प्रसाद बराल , एमाओवादी नेता रामकुमार महतो, जागेश्वर महतो , समाजसेवी समिर घिमिरे , नेपाल कुश्वाहा कल्याण समाजका धनुषा अध्यक्ष नथुनी महतो लगायतले आ आफ्ना मान्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनीधि,बुद्धिजिवी स्थानीय नगरबासी लगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन नगरपालिका प्रतिनिधी भोगेन्द्र महतोले गरेका थिए ।
 
 
 


यसमा तपाईको मत