• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

सरकारको छाप सहित मन्त्रालयले चलाउने भयो बुद्ध वर्न ईन नेपाल

सरकारको छाप सहित मन्त्रालयले चलाउने भयो बुद्ध वर्न ईन नेपाल
समीर बलामी
काठमाण्डौ,चैत २३ गते ।
चलचित्रको विशेष प्रदर्शन र च्यारीटी शोमा मन्त्रीहरु उपस्थित हुनु कुनै नौलो कुरा हैन तर चलचित्र हेरिसकेपछि दिने प्रतिक्रियाहरु प्रतिस्पर्धाकै रुपमा आउने गरिन्छ । यहि नै नौलो कुरा हुने गरेको छ । गत केही दिन पहिले चलचित्र राहदानी हेरेर कृषि मन्त्री हरिबोल गजुरेल भक्कानीएर रोएका थिए भने सोमवार सिटी सेन्टरस्थीत विग मुभिजमा चलचित्र बुद्ध वर्न ईन नेपाल हेरिसकेपछि कला संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेलले न्वारानकै बल लगाएर मन्त्री भएको सबै पावर प्रयोग गरि अचम्मको घोषणा गरे । उनले चलचित्र बुद्ध वर्न ईन नेपालको सबै प्रचार समाग्रीमा(पोष्टर, पम्प्लेट, व्यानर, फ्लेक्स, स्टिकर, भिडीयो र फिल्म)मा नेपाल सरकारको छाप (लोगो) राखिने उद्घोष गरका छन् । त्यति मात्र हैन पर्यटन मन्त्रालयको समेत नाम प्रचार सामाग्रीमा राखिने मन्त्री पोखरेलले बताए । साथै मन्त्री पोखरेलका अनुसार अब केही महिना पर्यटन मन्त्रालय चलचित्र बुद्ध वर्न ईन नेपालको प्रदर्शनमा व्यस्त रहेने छ । यो चलचित्र क्षेत्रको लागि अनौठो र पहिलो रेकर्ड हो । सरकारको लोगो चलचित्रमा रहने र सरकार चलचित्र चलाउन लागि पर्ने यो अनौठो उद्घोष संगै चलचित्र विकास वोर्डलाई चूनौटी थपेको छ । चलचित्रको वारेमा बोर्ड भन्ने घुमनाम नै छन् ।
राष्ट्र र राष्ट्रियता जोडिएको चलचित्र सबै पक्षलाई मिलाएर बनाएको निर्माता तथा नायक रमित दुंगानाले बताए । चलचित्रमा मायाप्रेम, संघर्ष, अमेरिकाको सपना सबै समेटिएको छ । विशेषत चलचित्रमा बुद्ध नेपालमै जन्मिएको हो भन्ने मूख्य सञ्देश रहेको छ । हाल सम्म  बनेको नेपाली चलचित्रहरु मध्येको सबै भन्दा बढी महँगो यस चलचित्रमा रमित दुंगाना, अमित दुंगाना, आशिश्मा नकर्मी, निर शाह, मिथीला शर्मा, हलिउड एक नायिका लगायतको मूख्य भूमिका रहेको छ । चलचित्रको शिर्ष गीत निकै रुचाईएको छ । उक्त गीतमा गायक ओम सुनारले स्वर दिएका छन् । चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । अमित दुंगाना र रमित दुंगानाले चलचित्रको निर्माण गरेका हुन् । चलचित्र निर्माण गरेर निर्माता तथा नायक रमित दुंगानाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई समेत चुनौटी दिएका छन् ।  नेपाल भ्रमणको क्रममा संसदमा सम्बोधन गर्दै नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मिएका कारण नेपाल पवित्र भएको बताएका थिए तर भारतको एक प्रदेशिय कार्यक्रममा उनले बुद्ध भारतमा जन्मिएको अर्को प्रतिक्रिया दिएका थिए । यसलाई चूनौटी दिदै मोदीले बुद्ध वर्न ईन नेपाल चलचित्र हेर्नुपर्ने नायक दुंगानाले मोदीलाई चुनौटी दिए । यस्तै अमेरिकाको विभिन्न युनिभर्सिटीमा पढाईने कोर्समा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने गलत सूचना रहेकोले पनि अमेरिकाको राष्ट्रपतिले आफ्नो चलचित्र बुद्ध वर्न ईन नेपाल हेरेर युनिभर्सिटीको कोर्स परिवर्तन गर्न चूनौती दिएका छन् ।
 


यसमा तपाईको मत