• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

पदभारसम्हाले लगत्तै जनकपुर उपमहानगरपालिका प्रमुख कुचो लिएर सरसफाईमा निस्केपछि....................

पदभारसम्हाले लगत्तै जनकपुर उपमहानगरपालिका प्रमुख कुचो लिएर सरसफाईमा निस्केपछि....................
घनश्याम मिश्र
आश्विन १० गते, जनकपुरधाम ।
जनकपुरधामको जनकचोकस्थित जयवीरको चिया पसलमा चियाको चुस्की लिएर गफिएको युवा तन्नेरीहरू घड़ी हेर्दै जनकदरबार तीर आफ्नो नजर केन्द्रित गराएका थिए । जनक मन्दिरभन्दा पूर्व दक्षिण कुनामा अवस्थित हनुमान मन्दिरका विनोद बाबाले चिया पसलमा बसेकाहरूलाई ईसारा गर्दै मैथिली भाषामा भने “वाह आइब गेलो मेयर साहब, अपन दूत भूतके संग’’ सबैको हाथमा पञ्जा र कुचो थियो ।
वर्डा ३ का नव निर्वाचित अध्यक्ष दीपेन्द्र साह जनकमन्दिरतिर इशारा गर्दै थिए । पछाडी नगरपालिकाको सरसफाईकर्मी र पानी छर्कने गाड़ी पनि साथै रहेकोले सर्वसाधरण सहजै ठम्याए अब सुरु हुने भो जनकपुरधामको सरसफाई । जनकपुर उपमहानगपालिकाका लागि नव निर्वाचित प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा र उपमहानगरका अधिकांश वडा अध्यक्षहरू सार्वजनिक रूपमा मंगलबार जनकपुरको मुटु मानिने जनकचोक स्थित जनक मन्दिरबाट सरसफाई सुरु गरेका छन् । हरा भरा जनकपुरधाम, सफा सुग्घर जनकपुरधामको परिकल्पना सहित एक दिन पूर्व सपथ ग्रहण गरे लगत्तै कार्यभार ग्रहण गर्नुभएका मेयर लालकिशोर साह लगायत नव निर्वाचित पदाधिकारी वडा अध्यक्षहरू हाथ हाथमा कुचो र कोदालों बाकी सरसफाई गरेको दृश्य हेर्न भीड़ नै जम्मा भएको थियो ।
जनकपुरलाई जनकपुरधाम, ग्रीन जनकपुरधाम, क्लीन जनकपुरधामको परिकल्पना सहित चुरोट, गुटखा, पान पराग र तम्बाकू जथाभाबी फाल्नेलाई कारवाही गर्ने मेयरको उद्घघोषपछि अहिले भारतीय प्रधानमन्त्री मोदी स्टाइलमा नगरप्रमुख सामाजिक संजाल र सूचना प्रविधिको प्रयोग गर्दै कार्य आरम्भ गरेकोमा स्थानीयहरू आशावादी भएको प्रतिक्रिया दिन्छन् । आज एका बिहानै ७ः३० बजे जनकमन्दिरबाट सुरु भएको सरसफाई कार्यक्रम राम मन्दिर, राजदेवी मन्दिर, रामपार्क हुदै मन्दिर छेउछाउको पेटी सहित सरसफाई गरेको देखियो ।
 
सरसफाईमा जनकपुरधाम उपमहानगरपालिकाको संयन्त्रलाई समेत प्रयोग गरियो । स्थानिय महावीर युवा कमिटी, राम युवा कमिटी लगायतका पूर्व अध्यक्ष र वर्तमान कार्यसमितिका पदाधिकारी समेतको सक्रिय सहभागिता देखियो । सफाईकर्मी, वारुणयन्त्र, कुचो र सफाई सामग्री सहित उपमहानगरपालिका कर्मचारी समेत देखिएका थिए । जनताको प्रत्यक्ष निर्वाचनबाट जननिर्वाचित प्रतिनिधिले कार्य गरेको २० वर्षपछि देखा परेको यो दृश्य रमणीय र प्रसंशनीय रहेको उपमहानगरबासीले प्रतिक्रिया दिए । 
 


यसमा तपाईको मत