• :
  • :
    • On Air
    • Bhojpuri songs
    • Up Next
    • Tun Tun Kaka

समाचार

खत्वे समुदाय संगठित हुँदै ,२७ सदस्य खत्वेसमाज गठन

मिथिलाञ्चल समाचारादाता-
जनकपुरधाम , चैत २७ गते । 
विभिन्न जातजाती आफ्नो हक अधिकार एवं पहिचानको लागि सांगठनिक रुपमा अगाडी आईरहेकोबेला दलित खत्वे समुदायले पनि संगठित भएका छन् । शनिवार खत्वे समुदायले जातीय भेला गरी  रामएकवाल मण्डल खत्वेको अध्यक्षतामा २७ सदस्य जिल्ला खत्वे समाज विकास धनुषा समिति गठन गरेको हो ।
समाजको उपाध्यक्षमा सिरी मण्डल खत्वे , सचिवमा सुरेश मण्डल खत्वे, सह सचिवमा खुसीलाल मण्डल , कोषाध्यक्षमा रामसुन्दर देवी सर्वसम्मतले चयन भएको समाजले जनाएको छ । 
त्यस्तै समितिका सदस्यहरुमा योगन्द्र मण्डल, जलान्धर मण्डल ,दिनेश मण्डल मण्डल , महेन्द्र मण्डल , सरस्वती देवी मण्डल , जिवछ मण्डल लगायत २७ सदस्य समिति रहेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।     
 


यसमा तपाईको मत