• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

विश्वकप फुटबल अघि नै सन्यास लिन सक्छु–जेरार्ड पिके

विश्वकप फुटबल अघि नै सन्यास लिन सक्छु–जेरार्ड पिके
आश्विन १६ गते ।
बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले आफूले रुस विश्वकप फुटबल अघि नै अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिन सक्ने बताएका छन् । स्पेनका खेलाडी पिकेले आफूलाई स्वतन्त्र क्याटालोनियाको पक्षमा प्रस्तुत गर्दै आएका छन् । यहि क्रममा आइतबार स्वतन्त्र क्याटालोनियाका लागि भएको जनमतसंग्रहमा पिकेले मतदान गरेका छन् । यो जनमतसंग्रहलाई स्पेनको संवैधानिक अदालतले अवैध भनेको छ । पिकेले क्याटालोनियाको पक्षमा आफू उभिदा समस्या भएमा विश्वकप फुटबल अघि नै अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिन सक्ने बताएका हुन् । क्याटालोनियाको राजधानी बार्सिलोनामा आइतबार तनावको अवस्था रहँदा पनि बार्सिलोनाले ला लिगा अन्तर्गत बन्द रंगशालमा लास पालमससँग खेलेको थियो । यो खेलमा ३–० को जित निकालेपछि पिकेले यो निकै कठिन खेल रहेको बताए । पिकेले भने ‘आशा छ म अन्तर्रा्ष्ट्रिय फुटबललाई निरन्तरता दिन सक्छु, तर म क्याटालोनियाको पक्षमा रहँदा समस्या हुने बोर्डले ठह¥याएमा म पछि हट्न तयार छु । त्यसका लागि सन् २०१८ को विश्वकप अघि नै राष्ट्रिय टिम छोड्न पनि सक्छु ।’ पिकेले आफू प्रजातन्त्रको पक्षमा रहेको बताए । आइतबार भएको गतिविधि प्रजातन्त्रको विपक्षमा रहेको उनको भनाई छ । स्पेनको उत्तर पूर्वमा रहेको क्याटालोनियामा ७५ लाख मानिसको बसोबास छ । त्यहाँको भाषा तथा सँस्कृति पनि भिन्न छ । क्याटालोनियाको राजधानी बार्सिलोना हो । क्याटोलोनिया अहिले पनि सार्वभौम र स्वतन्त्र छ । तर अहिले त्यहाँ छुट्टै क्याटालोनिया देशको माग भइरहेको छ । पिकेले अहिलेसम्म स्पेनको राष्ट्रिय टिमबाट ९१ खेल खेलेका छन् ।
 


यसमा तपाईको मत