• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

विश्वकपको तयारीमा हुने ढिलाई अस्वीकार्यः पुटिनको चेतावनी

विश्वकपको तयारीमा हुने ढिलाई अस्वीकार्यः  पुटिनको चेतावनी
आश्विन १८ गते ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकप फुटबल २०१८ का तयारीमा हुने कुनै किसिमको ढिलाई स्वीकार्य नरहेको भन्दै त्यसको तयारीमा जुटेका अधिकारीलाई चेतावनी दिनुभएको छ । अहिले तयारी राम्रो रहेको भएपनि आउँदा दिनमा हुन सक्ने कुनै किसिमको ढिलासुस्ती स्वीकार्य नभएको भन्दै पुटिनले चेतावनी दिनुभएको हो । रुसमा आउँदो वर्षको जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटबल हुँदैछ । रुसले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता देशका विभिन्न ११ शहरका १२ रंगशालमा हुनेछ । अहिलेसम्मको काम सन्तोषजन रहेको भएपनि आउँदा दिनमा ढिलासुस्ती हुन सक्ने देखिएको भन्दै राष्ट्रपति पुटिनले विश्वकप फुटबलको तयारीमा जुटेका रुसी खेल पदाधिकारीलाई सचेत रहन निर्देशन दिनुभएको हो । विश्वकपको तयारीको समय अन्तिम चरणमा पुगेकाले अहिले कसैले पनि आराम गर्न नहुने र ध्यान अरु कुरामा नभइ तयारीमै लगाउनु पर्ने उहाँको भनाई छ ।
रुसले यो वर्षको जुनमा विश्वकपको तयारी स्वरुप फिफा कन्फेडेरेशन कप फुटबलको आयोजना गरेको थियो । यो प्रतिस्पर्धा राम्रोसँग सम्पन्न भएकाले विश्वकप पनि राम्रो हुने अपेक्षा गरिएको रुसी खेल पदाधिकारीले बताएका छन् ।
 


यसमा तपाईको मत