• :
  • :
    • On Air
    • Up Next

समाचार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, रिचर्ड थेलर विजयी

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, रिचर्ड थेलर विजयी
आश्विन २३ गते।
 यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरले जितेको रोयल स्विडिश एकेडमी अफ सायन्सेसले सोमवार जनाएको छ ।
 
‘थेलरको योगदानले व्यक्तिगत निर्णय प्रक्रियाको आर्थिक र मनोवैज्ञानिक विश्लेषणका बीचमा पुलको काम गरेको छ,’ नोबेल समितिले बतायो । अर्थशास्त्री थेलरले ११ लाख डलरबराबरको पुरस्कार राशि प्राप्त गर्नेछन् ।
‘उनका अनुभवात्मक निष्कर्ष तथा सैद्धान्तिक अवधारणाहरूले व्यावहारिक अर्थशास्त्रको क्षेत्रलाई व्यापक विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् र यिनले आर्थिक अनुसन्धान र नीतिका क्षेत्रमा गहन प्रभाव पारेका छन्,’ नोबेल कमिटीले बताएको छ ।
रोयटर्सबाट


यसमा तपाईको मत