• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

संसद बैठक स् गौचन हत्याको विषयमा सांसदको आपत्ति

आश्विन २४ गते, काठमाडौँ ।
संसदको बैठक अहिले चलिरहेको छ । बैठकमा धेरै जसो सांसदले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विषयमा आपत्ति जनाएका छन् । गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोलि हानी हत्या भएको थियो ।
सांसदहरु कांग्रेसका दीपक गिरी, रोमी गौचन थकाली, एमालेका जनार्दन ढकाल, माओवादी केन्द्रका रामनारायण विडारी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, नेमकिपाका प्रेम सुवाल लगायतले समय लिएर बोल्दै हत्याको भत्सर्ना गर्नुभएको हो । उहाँहरुले दिनदहाडै व्यवसायीको गोली प्रहारबाट हत्या हुनुले देशको सुरक्षा व्यवस्थामा चुनौति दिएको बताउनुभयो । 
घटनाप्रति सरकार र गृहमन्त्रालय गम्भीर हुनुपर्ने सांसदहरुको भनाइ छ । माओवादी केन्द्रका सांसद रामनारायण विडारीले चुनावको पूर्व सन्ध्यामा व्यवसायीको हत्या हुनुले चुनावी वातावरण विथोल्ने आशंका व्यक्त गर्नुभयो । 
 


यसमा तपाईको मत