• :
  • :
    • On Air
    • Up Next

समाचार

सर्लाहीमा सुन ब्यपारीको गोलिहानी हत्या

सर्लाहीमा सुन ब्यपारीको गोलिहानी हत्या
मिथिलाञ्चल समाचारदाता
आश्विन २५ गते,सर्लाही ।
सर्लाहीमा अज्ञात समुहले एक सुन पसलेको गोली हानी हत्या गरेको छ । 
मंगलवार साझ ७ बजेको समयमा हरिपुर नगरपालिका स्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका ३ पिपरिया बस्ने बर्ष २७ का सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । 
उनी साझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजे मृतकका बुबा नागेन्दर साहको भनाई छ । प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनी गोली हानी मृतको बुबा सगँ झोलामा रहेको नगद तथा सुन, चाँदी समेत लिएर फरार भएको प्रहरीले जनाएको छ । 
गोली लागेर गम्भिर घाईते भएका साहलाई सर्लाही जिल्ला अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरिदिएको हो । घटनाको बिषयमा अनुसन्धान तथा गोली हानेर फरार समुहको खोजि भैरहेको जिल्ला प्रहरी कार्यलयका एसपी मसाउद आलम खाँले बताउनु भयो ।


यसमा तपाईको मत