• :
  • :
    • On Air
    • Up Next

समाचार

सिरहामा एक युवकको घाँटी रेटी हत्या

सिरहामा एक युवकको घाँटी रेटी हत्या
गणेश कुमार ठाकुर 
आश्विन २५ गते,सिरहा । 
सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १० मा एक युवकको हत्या गरिएको छ ।
कर्जन्हा १० प्रयागपुरका ३५ वर्षीय शशिभूषण साहको सोमवार राती १२ वजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरि गर्दन रेटेर हत्या गरेको छ । आफ्नै कोठामा सुतिरहेका साहको हत्या भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसंधान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले बताए ।
मृतक साहको पत्नी सन्जु स्थानिय तह निर्वाचनमा एमालेवाट महिला सदस्यमा उम्मेदवारी दिएका थिइन् । हत्या किन केुनकारणले भएको बारे अनुसंधान भइरहेको प्रहरी श्रोत को भनाइ छ ।
 


यसमा तपाईको मत