• :
  • :
    • On Air
    • Up Next

समाचार

डेंगु रोगीको संख्या ९८ पुग्यो सर्च एण्ड डिस्ट्रोय टिम २४ घन्टा खट्दै

डेंगु रोगीको संख्या ९८ पुग्यो सर्च एण्ड डिस्ट्रोय टिम २४ घन्टा खट्दै
रंजन भण्डारी
आश्विन २५ गते,महोत्तरी ।
महोत्तरीमा डेंगुका विरामीको संख्या ९८ पुगेको छ । जिल्ला स्वास्थ्य प्रमुख डा.राजिव झा तथा सर्च एण्ड डिस्ट्रोय टिम चौविसै घन्टा निगरानीमा वसेको छ । यता डेंगुको संख्या वढी रहेपनि डेंगुको जाच गर्ने किटको अभाव भएपछि अन्यहरुलाई जाच गर्न गार्हो भएको छ ।
सर्च एण्ड डिस्ट्रोय टिमले बर्दिवासको ८० प्रतिशत टायरहरु व्यवस्थापन गरिसकेका छन भने अन्य विस प्रतिशत टायर सुरक्षित रहेको महामारीका स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरिक्षक संतोष कुमार ठाकुरले बताए । उनले गौशाला नगरपालिकामा समेत एकजना डेंगुका विरामी फेला परेसंगै सो स्थानमा समेत टोली खटेको र पुराना टायरहरु हटाउने क्रम जारी रहेको बताए । यता बर्दिवास अस्पताल र शुभ स्वस्तिक अस्पतालमा डेंगुको लक्षण देखिएका विरामीहरुको जाच भैरहेको उहाले बताए ।
डेंगु भएको लामखुटटेको लार्भा र प्युपा हुन सक्ने सम्भावित स्थानहरुमा जिल्ला स्वास्थ्य कार्यालयले सर्च एण्ड डिस्ट्रोय अभियान संचालन गरि लाखौ लामखुटेको लार्भा र प्युपा नष्ट गरिसकेपनि दैनिक विरामीको संख्या वढदै गएपछि सर्च एण्ड डिस्ट्रोय टिम चौविसै घन्टा खट्न थालेको उहाले बताए ।
यसरी सर्छ डेंगु ः
एकजना स्वस्थ्य मानिसलाई डेंगु भाइरस भएको लामखुटटेले टोके त्यो मानिसमा डेंगु हुने र त्यही मानिसलाई अर्को स्वस्थ्य लामखुटटेले टोके त्यो लामखुटटेमा समेत डेंगु सर्ने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. राजिव झाले बताए । उनले लामखुटटेवाट मानिसमा र मानिसवाट पुन अर्को  स्वस्थ्य मानिसमा डेंगु सरेपछि त्यो लामखुटटेले दर्जनौ मानिसमा डेंगुको भाइरस सार्ने गरेको बताए । त्यसतै एउटा लामखुटटेले १५० जति अण्डा दिन सक्ने र एउटा अन्डा ७ महिनासम्म जस्तो सुकै मौसममा पनि वाच्न सक्ने तथा डेंगुको भाईरस भएको लामखुटटेले दिएको अण्डामा समेत डेंगुको भाइरस आउने भएकोलेसवै सचेत हुनु जरुरी रहेको डा. झाले बताए ।
यता डेंगुको भाइरस देखा परेका सुरुका चारजनालाई पहिले नै काठमाडांंै पठाईएको छ भने सोमवार सिकिस्त हुन थालेका थप दुईजनालाई काठमाडौैं पठाउने प्रयास भैरहेको तर प्लेनको टिकट नपाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले बताए । उनले दुवै विरामीलाई तत्काल काठमाडौं पठाउन प्रयास भैरहेको बताए ।
प्राय सफा र जमेको पानीमा यस्ता डेंगुको लामखुटटे हुर्कने हुनाले त्यसतो ठाउहरुमा टोली परिचालन भएको उहाले बताए ।
 
सर्लाहीको लालवन्दीबाट डेंगु  आयात भएको प्रवल सम्भावना रहेको र यो जिल्लाको अन्य स्थानमा समेत सजिलै पुग्न सक्ने भएकोले तत्काल जिल्ला भरि नै यस्को चेकजाच र रोकथाम थाल्न प्रयास भैरहेको प्रजिअ श्रेष्ठले बताए । डेंगुको ९८ विरामी मध्ये ७९ बर्दिवास र एक गौशालाका छन भने थप विरामीहरु लालवन्दी,महेन्द्र नगर र छेउछाउका रहेका छन ।
के छ लक्षण ः
डेंगुको भाइरस सरेका विरामीलाई तिव्र ज्वरो आउने ,जोर्नी दुख्ने,टाउको दुख्ने,आँखा दुख्ने,जिउभरि दाना निस्कने लगायतका लक्षणहरु देखिने गरिएको छ ।
कस्तो स्थानमा हुर्कन्छ डेंगुका लामखुटटे ः
डेंगु भाइरस भएको लामखुटटे विभिन्न सवारी साधनको टायर जम्मा गरि राखेको स्थानमा राम्ररी हुर्कने गरेको छ । प्राय सफा पानीमा हुर्कने डेंगुका लामखुटटेले एकछिनमै दर्जनौ मानिसलाई टोक्न सक्ने र ति सवैमा रोग सार्न सक्ने कारण नै यो खतरनाक भएको डा.झाले बताए । धेरै दिन देखि जम्मा गरेर राखेको टायरहरुमा जमेको सफा पानीबाट सर्च एण्ड डिस्ट्रोय टिमले लाखौको संख्यामा लार्भा र प्युपा नष्ट गरेकोले त्यसता टायर जम्मा भएको स्थानहरु विभिन्न ग्यारेजहरुमा रहेको टायरहरु तत्काल हटाउन आग्रह गरे । यसै विच सर्च एण्ड डिस्ट्रोय टिमले बर्दिवासको अधिकांश टायरहरु हटाईसकेको छ भने अन्य स्थानमा समेत त्यसता टायरहरु हटाउने क्रम जारी रहेको छ ।
छैन डेंगु जाच्ने किट ः
बर्दिवास अस्पतालमा रहेको किटहरु डेंगु जाच गर्दा सिद्धिन लागेपछि जाचमा समस्या हुन लागेको महामारी स्रोत व्यक्ति ठाकुरले बताए । उनले बर्दिवास अस्पतालमा दश देखि वारह थान किट मात्र भएको र जिल्लाका अन्य अस्पताल र स्वास्थ्य चौकीमा किट नभएकोले समस्या भएको बताए । तत्काल ८० वटा किट आएपनि विरामीको चापसंगै किट सिद्धिएको हो ।
यता जिल्ला स्वास्थ्य कार्यालयको स्टोर र जलेश्वर अस्पतालमा समेत किट  छैन भने डेंगुको किटको लागि पहल भने भैरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. राजिव झा ले बताए । डेंगुको प्रकोप वढदै गएपछि किटको अभावमा जलेश्वर लगायतको स्थानमा डेंगुको जाच भएको छैन । जिल्लाकै अन्य स्थानमा डेंगु वढिरहेकोले जलेश्वर पनि अति संवेदनशिल भएकोले तत्काल किटको व्यवस्था गर्न सर्वसाधारणको मांग छ ।
 


यसमा तपाईको मत