• :
  • :
    • On Air
    • Up Next

समाचार

म्यादी प्रहरीको क्रेज पहिलो दिन नै सयांै युवाले भरे फारम

म्यादी प्रहरीको क्रेज पहिलो दिन नै सयांै युवाले भरे फारम
रंजन भण्डारी
आश्विन २५ गते,महोत्तरी ।
प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको लागि नेपाल सरकारले आजैको पत्रिकामा निकालेको म्यादी प्रहरीको सुचना सर्वत्र फैलिन नपाउदै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सयौ युवाहरुले फारम भरेका छन । सोमवार अवेर राती नै खवर पाएको जिल्ला प्रहरी कार्यालयले आज मंगलवार फारम छपाउन नपाउदै कार्यालय परिसरमै फारम भर्नेहरु आउन थालेपछि हतपतमा फारम छाप्दै ल्याउदै फारम भर्दै गरेको देखिएको छ ।
प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले आजै यतिको भिड हुने आफुले नसोचेको बताए । उनले भिड बढ्न थालेपछि तत्काल फारम रुजु तथा संकलनका लागि प्रहरीहरु तैनाथ गरिएको र हेल्प डेस्कबाट समेत फारम भर्न चाहिने आवश्यक सुचनाहरु दिन लगाईएको बताए ।
महोत्तरीमा म्यादी प्रहरीमा कति भर्ना गर्ने वारे तत्कालै निर्देशन नआईसकेपनि दुई हजार भन्दा वढी हुन सक्ने प्रउ कडायतले बताए । उनले सकभर आजै रातीसम्म संख्या आईसक्ने बताए ।
यता जिल्लामा वेरोजगार युवाहरुको संख्या धेरै भएको र सो मध्ये पनि एक तिहाई वैदेशिक रोजगारीमा रहेकोले भएभरको युवाहरु म्यादी प्रहरीमा खटिदा प्रत्यक्ष तर्फ ति युवाहरुले मतदान गर्न नपाउनेमा स्थानिय समाजसेवीहरु चिन्तित छन । युवालाई रोजगारको अति आवश्यक्ता रहेकै कारण केहि दिनको जागिर समेत वरदान नै भएपनि उनीहरु प्रत्यक्ष तर्फ मतदान गर्न नपाउदा भने मत खेर जाने चिन्ता समेत छ ।
 


यसमा तपाईको मत