• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस

राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस
रंजन भण्डारी
आश्विन २५ गते,महोत्तरी । 
राजपाका केन्द्रिय महासचिव तथा पुर्व राज्यमन्त्री सुरिता साहको नाम महोत्तरीको क्षेत्र नं. २,३ र ४ बाट केन्द्रिय प्रतिनिधीसभाको निर्वाचनको लागि  सिफारिस गरिएको छ । राजपा महोत्तरीबाट उनको नाम केन्द्रिय कार्यालयमा सिफारिस भएकोमा सो सिफारिसमा तिन क्षेत्रले उनको नाम प्रस्तावित गरेको थियो ।
नेतृ साह विगतमा संगठन निर्माण गर्ने देखि लिएर क्षेत्र नं. २ मा राजपालाई विस्तार गर्न अहम भुमिका निभाएर चर्चामा रहेकि छिन । उनी सो क्षेत्रमा  कुशल महिला नेतृ को रुपमा परिचित छिन । यता सोहि क्षेत्रवाट केन्द्रिय अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी समेत प्रतिनिधी सभाको चुनावमा लड्ने ईच्छा व्यक्त गरेका छन । यस सम्बन्धमा नेतृ साहले अध्यक्ष मण्डलका सदस्य भण्डारी क्षेत्र नं. २ बाट चुनाव लड्ने पक्का गरे आफु सो क्षेत्रबाट व्याक हुने बताईन ।
नेतृ साह मधेश आन्दोलनको वेला आन्दोलनमा सकृय सहभागिताले समेत चर्चामा रहने गरेकि छिन ।
२०७० सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा महोत्तरीको तत्कालिन क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार  चन्देश्वर झासंग १२० मतको झिनो मतान्तरले सुरिता साह पराजित भएकि थिईन । हाल चन्देश्वर झा समेत राजपा मै प्रवेश गरिसकेका छन ।
 


यसमा तपाईको मत