• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा पर्यटन प्रवर्ध्दन भएन

जनकपुरमा पर्यटन प्रवर्ध्दन भएन
संतोष सिंह कुश्वाहा
आश्विन ३१ गते,जनकपुरधाम
 
चितवन रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत सनिश बस्नेत ४० साथिहरुसंग सिक्किमबाट सुरुको ८ दिन यात्रा शनिबार जनकपुरमा टुंगियो । यात्राको क्रममा सिक्किम, दार्जलिङ्ग, पशुपतिनगर,पाखिबास, धरानको रात्रिबास हुदै शनिबार जानकी मन्दिरको दर्शनका लागि शुक्रबार रात्रि बास धनुषाको ढल्केबरमा बिताए । धार्मिक नगरी जनकपुरधाममा बस्ने इच्छा हुदाहुदै यहा आएका साथिहरु जनकपुर बस्न रुचाउनु भएन, उनले भने । जनकपुरको मन्दिर आउदा प्रसन्न भएका बस्नेतले यहाको खानपान र फोहरले गर्दा बस्न मन नलागेको बताए । 
मन्दिर दर्शन संग अन्य स्थानको घुम्ने योजना भएपनि जानकी मन्दिर दर्शन गरी बस्नेत सहित चितवन टोली  शनिबार बिहान चितवन फर्किए । चितवनबाट आएका विद्यार्थीहरु मिथिालको भोजन, संस्कृती, पहिरण बुझने मौका नपाउदा धार्मिक नगरी जनकपुर टेक्दा प्रसन्न मनले आउनेहरु फर्किदा मन खुम्चिएर फर्किए । संघिय संरचनामा प्रदेश नं। २ को राजधानी जनकपुर पर्यटनको प्रयाप्त संभावन भएको शहर हो । यहाको भोजन, पहिरण, संस्कृती, मठ मन्दिर, सरोबर लोभलाग्दो छ । मिथिला कला, संस्कृति प्रति पर्यटक आकर्षित भएपनि पर्यटन फस्टाउन सकेको छैन । जनकपुरमा जानकी मन्दिरमा आउने पर्यटकका लागि धनुषाधाम, महोत्तरी र सर्लाहीको विदेह मिथिला पर्टटन र सिरहा, सप्तरीकोे सलहेश क्षेत्रसम्म पुग्ने साधन र माध्यम छैन । जनकपुर आउने पर्यटकलाई साझ पख महागंगा आरतीले आकर्षीत गरेको छ । गंगा आरती जस्तै मिथिला कला झल्किने नृत्य र झाकि आयोजना हुन सकेको छैन ।
पर्यटक यहाको देहाति तिमन, तरुवाको स्वाद चाखन पाएको छैन । मिथिलाको परिकार पकाउने होटेल नै छैन । पहिरण धोती, कुर्ता र पाग लोभ लाग्दो छ । तर, जनकपुरमा खोज्नै समस्या छ । मिथिला पेन्टिङ्ग संघ संस्थामा सिमित छन । विदेशमा चर्चा पाउने मिथिला हस्तकला जनकपुरको बजारमा उपलब्ध छैन ।  
पोखरी नै पोखरीको शहर भनेर चिनिने जनकपुरको ऐतिहासिक तलाउ÷सरोबर अतिक्रमित र फोहरले डुबेको छ । फोहरले दुर्गन्धित जनकपुरमा आउने पर्यटक मन खुम्चियाएर फर्किनु परेको छ । धार्मिक नगरी जनकपुरको जानकी मन्दिर, विवाह मण्डप, मणिपण्डप, गंगा आरती, धनुषाधाम समेटेर मिथिला दर्शणको प्याकेज र पर्टकीय स्थलको पहिचान गरी प्रचार प्रसारको खाचो छ । मिथिला देखाउने र चिनाउने माध्यम नहुदा मिथिला पर्यटन ओझेलमा परेको छ ।
पर्यटकीय स्थलको नक्सा, गाइड बुक र गाइडको अभावमा पर्यटन फस्टाउन सकेको छैन ।  लोभ लाग्दो मिथिलाको पहिरण, भोजन र कलाको मात्रै व्यवसायिक संरक्षण गरेर मिथिला पर्यटनको आकर्षण बढाउन सकिने समभावना भएपनि प्रयास हुन सकेको छैन ।
पर्यटन कार्यालय जनकपुरले मिथिलाको पर्यटन प्रवद्धनका लागि विदेश मिथिला क्षेत्र पर्यटन प्रवद्धन विकास समिति र सलहेश क्षेत्रमा बनाएपनि व्यवहारमा लागु हुन सकेको छैन ।
धनुषा, ममहोत्तरी सर्लाही समेटिएको विदेश मिथिला अन्र्तगत जानकी मन्दिर, राम मन्दिर, राजदेवी, जनक मन्दिर, लक्ष्मण मन्दिर, मणि मण्डप, संकटमोचन, रंगभुमि मैदान, धनुषाधाम, क्षीरेश्वरनाथ मन्दिर, महोत्तरीको जलेश्वरनाथ मन्दिर, बानेश्वरनाथ मन्दिर, कारिक बाबा, कञ्चन वन, ध्रुव कुण्ड, गिरिजास्थान, माइस्थान, सिद्धनाथ मन्दिर, मटिहानि मठ, सोनामाइ स्थान, टुटेश्वरनाथ महादेव, रौजा मजार, मंगलनाथ महादेव, सर्लाहीको सागरनाथ, मुर्तीया बाबा, हरिहर क्षेत्र, नाडीमन, मौद्धिमाई मन्दिर दर्शनका लागि प्रख्यात रहेको जनाएको छ ।
सिरहा र सप्तरी जिल्ला समेटिएको सलहेश क्षेत्रमा रहेका प्रमुख पर्यटक स्थलहरुमा सलहेश फुलवारी, बाल सुन्दरी भगवाती मन्दिर, सारस्वरनाथ मन्दिर, नन्द बाबा मन्दिर, छिन्नमस्ता, कंकालिनि मन्दिर प्रख्यात छन् ।  संंभावना प्रयाप्त हुदाहुदै पनि पर्यटन कार्यालय जनकपुरले पर्यटन प्रवद्धनका लागि खासै काम गर्न सकेको छैन । वर्षमा एक पटक पर्यटन दिवस मनाउन मात्र सिमत भएको कार्यालयमा कर्मचारी समेत नभेटदा कार्यालयको प्रभाव शुन्य छ । जनकपुरमा पर्यटन प्रवद्धनका लागि स्थापना गरिएको बृहतर जनकपुर विकास परिषद राजनिति दलका कार्यकर्ता भर्ना केन्द्रमा सिमित हुदा मिथिला पर्यटन संकटमा परेको स्थानियको आरोप छ ।
पछिल्ला वर्षहरुमा पर्यटकको संख्यामा बृद्धि भएपनि उचित व्यवस्थापन हुन नसकेको वेलकम होटलका सञ्चलक ३६ वर्षीय अभिषेक झुनझुनवाला बताउछन् । जनकपुरमा राम्रा होटेलहरु संचालनमा आएपनि अझै राम्रो होटेलको खाचो छ, उनले भने,‘जनकपुरमा पर्यटन व्यवसायिक हुन सकेको छैन । पर्यटनलाई व्यवसायिक बनाउनु आवश्यक छ ।’ जनकपुरको सडक, फोहर र स्थानियको व्यवहारले पर्यटन व्यवसायिक रुप लिन सकेको छैन, उनले भने ।
पर्यटकका लागि जनकपुरमा वेलकम, शिताशरण, सिताप्यालेश, मानकी र रामा होटेल रोजाइमा पर्छ । पर्यटकको रोजाइमा पर्ने ५ होटेल मध्ये कुनैले पनि मिथिला परिकार र संस्कृती देखाएर पर्यटकलाई तान्ने प्रयास गरेको देखिदै मिथिला पर्यटनका लागि अभियान चलाएका भोर संस्थाका अध्यक्ष राजकुमार महतो बताउछन् । मिथिला पर्यटनका लागि प्रचुर सम्भावना रहेको जनकपुरका ट्राभल्स एण्ड टुर्सले पर्यटन व्यवसाय छोडेर मेनपावर व्यवसाय गरेका कारण जनकपुरको पर्यटन ओझेलमा परेको पर्यटन विज्ञ रुपेश सिंह बताउछन् ।
जनकपुरमा महागंगगा आरती सुरुवात गरी पर्यटकको मन जित्न सफल समाजिक अभियन्ता रामअषिस यादव मिथिला पर्यटणलाई उद्योगमा रुपान्तरण गर्नु पर्ने तर्क गर्छन । मिथिला संस्कृतीको संग्रालय र मिथिला भोजन व्यवस्था हुने होम स्टेको जरुरी छ, यादवले भने,‘नेपाल र जपानमा एकै साथ ७६ वर्ष अघि सुरु भएको रेल्वे जनकपुरमा अलपत्र परेको छ । सिता, राम, हनुमान, सुर्य, चन्द्र रेल्वे इन्जिनलाई म्युजियम बनाएर पर्यटक तान्न सकिन्छ ।’
जनकपुरको मठ मन्दिर, पोखरी सरोबरलाई सौन्दर्यकरण गरी जनकपुरलाई पर्यटन उद्योगको हब बनाउन सकिन्छ, उनले भने । नेपालको सगरमाथा, लुम्बनि र जनकपुर पर्यटकी स्थल मध्ये नेपाल सरकारको कारण जनकपुरमा पर्यटन फस्टाउन सकेन उनले आरोप लगाए । मिथिलाको राजधानिमा मिथिला ग्यालेरी छैन, उनले भने,‘पर्यटन प्रवद्धनका लागि ग्यलेरीको स्थापना गरी मिथिला संस्कृती झल्किने प्याकेज बनाउनु आवश्यक छ ।’
मिथिला पर्यटनका लागि भ्रमण संगै यहाको कला पर्दशन तथा प्रवद्धनको खाचो रहेको जनकपुर विमानस्थाल प्रमुख मुरारी पौडेलले बताउछन । जनकपुर एयरपोर्ट हुदै आएका पर्यटक यहा केहि दिन होल्ड गर्न सक्ने माध्यम नरहेको प्रमुख पौडेल बताउछन् । सडक, सुरक्षा, सहयोगि र समय बिताउने स्थान नहुदा मिथिला पर्यटन ओझेलमा परेको उनको बुझाइ छ ।
राज्यको उदासिनताको कारण मिथिला पर्यटन फस्टाउन नसकेको जनकपुर उद्योग वाणिज्य संग जनकपुरका अध्यक्ष शिवशंकर हिरा बताउछन् । भौतिक संरचन, सकड, सरसफाइ व्यवस्थान हुन नसक्दा पर्यटक आकर्षित हुन सकेको छैन, उनले भने । पर्यटन विकास र प्रवद्धनका लागि स्थापना भएको जनकपुर पर्यटन कार्यालय र बृहतर जनकपुर विकास परिषद आियमितताको अखाडा बनेको उनले आरोप लगाए ।
 


यसमा तपाईको मत