• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

मिथिलाञ्चलमा मनाईने छठ पर्वको सरसफाई तथा साजसज्जा तीब्र गतिमा हुदैँ,

मिथिलाञ्चलमा मनाईने छठ पर्वको सरसफाई तथा साजसज्जा तीब्र गतिमा हुदैँ,

मिथिलाञ्चल समाचारदाता
कार्तिक ५ गते,जनकपुरधाम ।
मिथिलाञ्चलको महान् पर्व छठका लागि घाटको सरसफाई तथा साजसज्जा गर्ने कार्य सुरु भएको छ । नेपाल तथा भारतको मिथिलाञ्चल क्षेत्रमा मनाईने छठ पर्वको लागि सरसफाई तथा साजसज्जा दिपावली सकिए लगत्तै सुरु गर्ने गरिन्छ । धनुषासहित तराई मधेशका विभिन्न जिल्लाहरुमा मनाईने यो पर्व यस वर्ष आगामी बिहीबार हुन लागेको हो । यसको तयारीका लागि जनकपुरधाममा रहेको विभिन्न जलाशय तथा नदीहरुको घाट सरसफाई तथा सजाउने काम तीब्र गतिमा भई रहेको छ । जनकपुरधामको गंगासागर पोखरीलाई सजाउने कार्य गंगासागर छठ पूजा समिति, धनुष सागर पोखरीलाई गणेश युवा कमिटीले प्रत्येक वर्ष सजाउँदै आएको छ । त्यसैगरी ऐतिहासिक दशरथ तलाउलाई स्थानीय दशरथ युवा क्लबले सरसफाई तथा साजसज्जा गर्ने गरेको छ भने अर्को ऐतिहासिक महत्व बोकेको अंगराजसर पोखरीको सरसफाई तथा साजसज्जामा स्थानीय जानकी युवा क्लब तथा जानकी प्रहरी चौकीको संलग्नता रहदैँ आएको छ । भुतही पोखरी, छठका लागि प्रत्येक वर्ष जनकपुरधाम नगरक्षेत्रभित्र रहेका अन्य पोखरी तथा कुण्डहरुलाई  नवदुल्ही झैँ सजाईन्छ । यस वर्ष भोली नहाए अर्थात् सोमबार अरबा अरबाईन ( लसुन, प्याज, उसिनो चामल सहितका खानेकुरा नखाने चलन ), मंगलबार नहाए खाए ( नुहाई धोई चोखो बन्ने ) बुधबार खरना ( छठको एकदिन पूर्व उपवास गरी भगवान सूर्य देव र छठ मैयाँलाई पूजा गरी प्रसाद ग्रहण गर्ने चलन ) बिहीबार छठ ( अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी ) तथा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन तथा पारन गर्ने चलन रहेको छ ।  
 



यसमा तपाईको मत