• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

चौथो कुस्ती जितेर बसन्त थापा पुरस्कृत

चौथो कुस्ती जितेर बसन्त थापा पुरस्कृत

सिरहा,बैशाख  गते ।-

नयाँ वर्ष २०७३ को अवसरमा पुर्व उपमेयर तथा नेपाली काँग्रेसका नेता उपेन्द्र यादवको अगुवाई र सिरहाबासीको समन्वयमा सिरहामा आयोजित कुस्ती प्रतियोगीतामा शनिवार नेपाली कुस्तीवाज नवलपरासी निवासी बसन्त थापाले चौथो कुस्तीमा जित हासिल गर्दै पुस्कृत हुन सफल भएको छ ।बसन्तले छिमेकी देश भारतका विभिन्न स्थानका चारवटा कुस्तीबाजलाई पालैपालो पराजित गरेको थियो । प्रतियोगीतामा कुस्तीबाजहरु अरविन्द पहलवान, दिग्विजय पहलवान लगातका कुस्तीवाजलाई चाँदीको मेडलले पुरस्कृत गरेका छन् ।

मिथिलाको लोकगाथासँग गाँसिएका कुस्ती प्रतियोगीता लोप हुन लागेको पूर्व शिक्षा मन्त्री एवम् नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादवले बताईन् । यो खेललाई विकास गर्न सम्बन्धित निकायले विषेश ध्यान दिनुपर्ने उनले भनिन् ि। २४ घण्टाको तयारीमा यस वर्ष यो प्रतियोगीता भएको छ भने आउदो वर्षमा यो भन्दा राम्रो तयारी गरेर भव्य र सभ्य कुस्ती प्रतियोगीता गराइने पूर्व उपमेयर एवम् नेपाली काँग्रेसका नेता यादवले बताए ।सिरहामा यसै वर्षभित्र स्टेडियम निर्माण गराइने उनले प्रतिबद्धता जनाए । सिरहाको खेल क्षेत्रको विकासमा पहल गर्न आफुले सबैखाले प्रयास गर्ने उनले जनाए । उक्त कुस्ती प्रतियोगीतामा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका ५० भन्दा बढि कुस्तीवाजहरुले प्रतिस्प्रर्धा गरेको थियो । प्रतियोगीता अवलोकन गर्न सासद रामचन्द्र यादव, मो.मुकतार अहमद, सिरहा नगरपालिका प्रमुख इन्द्रदेव यादवसँगै सिरहा, महिसोथा, सारश्वर, माडर, सन्हैठा, कृष्णपुर लगायत विभिन्न गाउँका दशौं हजार दर्शकको भीड लागेको थियो ।



यसमा तपाईको मत