• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

घुम्टो र साडी मै दौडिईन सुमित्रा

घुम्टो र साडी मै दौडिईन सुमित्रा

रंजन भण्डारी
कार्तिक ७ गते,महोत्तरी  ।
महोत्तरीको सदरमुकाम जलेश्वर वडा नं. २ पासमान टोलकी २५ वर्षिया सुमित्रा म्यादी प्रहरी भर्नाको लागि भएको दौडमा घुम्टो र साडीमै दौडेकि छिन । प्रहरीद्वारा म्यादी प्रहरीको छनौटको लागि लिईने शारिरिक तन्दुरुस्ती,मेडिकल चेकजाच,उचाई,तौल,दौड र अन्य प्रकृयालाई पार गर्दै उनी लिखित परिक्षाको लागि चयनित भएकि हुन ।  
साडी र घुम्टो राख्ने महिला पनि प्रहरीमा जागिर खान सक्ने र देशको सेवा गर्न सक्षम रहेको देखाउन आफुले आवेदन दिएको उनी बताउछिन । उनी लिखितमा समेत उतिर्ण भए ५५ दिनकै लागि भएपनि देश र जनताको सेवा गर्न पाउदा आफु खुशी हुने र घुम्टो ओढ्ने महिला पनि सक्षम रहेको देखाउने सुमित्रा बताउछिन ।
अन्य महिलाहरुलाई समेत म्यादी प्रहरीमा आवेदन दिएको देखेर नै आफुमा जागर आएको र आवेदन दिएको उनले बताईन । उनले आफुले पनि म्यादी प्रहरीमा फारम भर्न लागेको बताउदा गाँउ घरमा विभिन्न कानेफुसी सुरु भएको र आफु सो कानेफुसीको परवाह नगरि आएको बताईन । मधेशमा महिला घरमै वसेर घरपरिवार तथा वालवच्चाको लालन पालन गर्नु पर्ने मानसिकतालाई कडा टक्कर दिदै उनी म्यादी प्रहरीमा आवेदन दिएकि थिईन ।
उनले प्रयास गर्ने मात्र सफल वा असफल हुने हुनाले प्रयास नै नगरी आफुले नसक्ने सोच्नु गलत रहेको बताउछिन । श्रीमान दिनभरी घुमेर समय व्यतित गर्ने भएकोले तिन सन्तानको पालन पोषणको जिम्मेवारी समेत आफ्नै भएकोले समेत मौका मिलेर प्रयास गरेको उनी बताउछिन ।
म्यादीमा आवेदन दिनु भन्दा पहिले विहान देखि वेलुकासम्म घरकै काममा व्यस्त हुने दैनिक दाउरा र खानाको वन्दोवस्तमै वढी समय खर्चने गरेकि सुमित्रा म्यादीमा भर्ना हुन नै नियमित दौडने तथा अन्य कसरत समेत सुरु गरेकि बताउछिन ।
महोत्तरीमा दुईहजार सातसय र तिनसय भन्दा केहि वढी वैकल्पिकमा छनौट गर्नु पर्ने भएकोमा आठहजार ९५८ जनाले आवेदन दिएका छन भने सो मध्ये ६२७ महिला रहेकि छिन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले कार्तिक ५ गते वाट सुरु गरेको दौड लगायतका शारिरिक तन्दुरुस्ती तथा मेडिकल चेकजाच  मंगलवारसम्म हुने छ भने यो सवै प्रकृयामा उतिर्ण भएकाहरुको लिखित परिक्षा र अन्तरवार्ता लिई अन्तिम छनौट गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक वालकृष्ण पोखरेलले बताए । उनले थोरै म्यादी प्रहरी चाहिएपनि धेरै आवेदन परेकोले छनौट कडारुपमा भैरहेको बताए ।
 



यसमा तपाईको मत