• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

चालू आर्थिक वर्ष को तीन महिनामा एक लाख ४४ हजार नौ सय १८ युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा

मिथिलाञ्चल समाचारदाता
कार्तिक, १०
चालू आर्थिक वर्ष २०७४र७५ को तीन महिनामा एक लाख ४४ हजार नौ सय १८ युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्। सरकारले वैधानिक रूपमा एक सय १० भन्दा बढी मुलुकमा श्रम स्वीकृति दिएर कामदार पठाउँदै आएको छ।चालू आवको तीन महिनामा मात्रै म्यानपावरमार्फत कामका लागि ८३ हजार सात सय ७६ युवा बिदेसिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
 
 सोही अवधिमा बिदामा आई पुनः विदेश जानेको संख्या भने ६१ हजार एक सय ४२ छ। चालू आवको तीन महिनामा विदेश पलायन भएका युवाको संख्या गत आव २०७३र७४ भन्दा दुई हजार दुई सय ९१ ले बढी हो। गत आव २०७३र७४ को पहिलो तीन महिनामा एक लाख ४२ हजार ६ सय २७ युवा वैदेशिक रोजगारीका लागि विदेश पलाएन भएका थिए।


यसमा तपाईको मत