• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News

समाचार

नेपाली जनता दलद्वारा साहको विषयमा न्यायिक छानबिन को गरे माग

मिथिलान्चल समाचारदाता

जनकपुरधाम,वैशाख ७ गते ।
नेपाली जनता दलले अरुण सिघानिया हत्याकाण्डको न्यायिक छानबिनका लागि सरकारसँग अपील गरेका छन् । दलका केन्द्रिय अध्यक्ष एवं साँसद हरिचरण साहले सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी ‘जनकपुरका एउटा प्रतिभाशाली नेता एवं निलम्बित साँसद संजय कुमार साहलाई केही ठूला दलले मधेश आन्दोलनको प्रतिशोध लिई रहेको त छैन । यस्तै छैन भने न्यायिक छानबिन गठन गरी सत्यतथ्य कुरा बाहिर ल्याउनु पर्दछ ।’ उनले भने ‘एउटा मुद्दामा निलम्बित साँसद साहलाई मुछिनु एउटा षड्यन्त्र पनि हुनसक्छ । साँसद साह सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष हुँदा पनि सद्भावना पार्टीले किन चुप बसेको हो प्रश्न गरे । मिडियाहरुमा यत्रो समाचार आएपनि अहिलेसम्म राष्ट्रिय अध्यक्षको वक्ततव्य नआउनु दुःख लाग्दो कुरा रहेको समेत बताए ।
रिपोर्टस क्लव जनकपुरको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा उनले निलम्बित साँसद साहको माँगप्रति समर्थन समेत जनाए । उनले संकेतिक भाषामा नै भने, सद्भावना पार्टी न्यायिक छानबिनका लागि अगुवाई गर्छ भने हाम्रो पार्टीले पनि सहयोग पुर्याउने छ ।
नेपालको समसमायिक राजनीतिक समस्या समाधानमा मधेश आन्दोलन जातीय एवं क्षेत्रीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीद्वारा राज्यको प्रत्येक अंग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, सैनिक, प्रहरी, निजामतिमा समान सहभागिताको माँग गर्दै  ७ सदस्यीय भ्रमण टोली जनकपुरमा आएको उनले बताए ।
्उनले भ्रमणकै क्रममा निलम्बित साँसद साहको आमरण अनशनमा बसेकी श्रीमती रंगीला देवी साहसँग भेटघाट गर्दा उहाँको स्वास्थ्य निक्कै बिग्रिदै गएको भन्दै उनको स्वास्थ्य चाँजका लागि प्रमुख जिल्ला अधिकारी धनुषासँग माँग समेत गरेको छ । उनले भने ‘आन्दोलनलाई हिंसात्मक आन्दोलनमा लैजानु हुँदैन । देशमा अमन चयन तथा शान्ति कायम राख्न शान्तिपूर्ण आन्दोलनलाई तुरुन्त सम्बोधन गर्न माँग गरे । जीवनमरणको आन्दोलनलाई वार्ताद्वारा समाधान गर्न कुरा पनि दोहोर्याए ।
अध्यक्ष साहले दुई नम्वर प्रदेशको राजधानी सबै हिसाबले जनकपुर हुनुपर्ने धारणा समेत औल्याए ।
 


यसमा तपाईको मत