• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

अमेरिका बाढीमा डुब्यो, हजारौ बेघरबार

अमेरिका बाढीमा डुब्यो, हजारौ बेघरबार
एजेन्सी
जनकपुरधाम,वैशाख ७ गते ।
 
अमेरिकी राज्य टेक्ससका गभर्नर ग्रेग अबाटले ह्युस्टनमा भारी वर्षा र बाढी आएपछि आपतकालीन अवस्था घोषणा गरेका छन् ।
मौसम वैज्ञानिकहरुले त्यहाँ सोमबार ४४।७ सेन्टिमिटर पानी परेको रेकर्ड भएको बताएका छन् । ह्युस्टनको इतिहासमा योभन्दा ठुलो वर्ष यसअघि रेकर्ड नभएको बताइएको छ। वैज्ञानिकहरुले यो वर्षलाई ऐतिहासिक भनेका छन्।
वर्षाका कारण हजारौ घरमा पानी पसेको छ । वर्षाको पानी घरमा पसेपछि मानिसहरु छतमा चढेर ज्यान बचाउन बाध्य बनेका छन् ।
वर्षा र बाढीका कारण ७० हजार बढीको बिजुली सेवा बन्द गरिएको छ। अधिकारीहरुले स्थानीयलाई आफ्ना बालबालिकालाई पानीमा खेल्न र तैरन नदिन चेतावनी दिएका छन् । पानीमा विषालु सर्प र अन्य विषालु किराहरु हुने चेतावनी दिइएको हो ।
यो बढीले सबैभन्दा बढी क्षति ग्रीनसपाइन्ट क्षेत्रमा भएको छ। उक्त क्षेत्रमा १२ हजार बढी स्थानीय प्रभावित भएका छन्।
यो सहर म्याक्सिकोको खाडीको हिस्सा हो । यसकारण यो क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहने गरेको छ।
यहाँको वर्षाले बाढीसमेत ल्याउने गरेको छ। जुन बिनाशकारी सावित हुने गरेको छ । गत वर्ष पनि यहाँ भारी वर्षा भएको थियो । तर, यसपटकको वर्षा गर्त वर्षको भन्दा ठुलो भएको बताइएको छ।


यसमा तपाईको मत