• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

भियतनाममा आँधी, २७ जनाको मृत्यु

भियतनाममा आँधी, २७ जनाको मृत्यु

कार्तिक १९ गते ।
भियतनाममा दामरी आँधीका कारण कम्तिमा २७ जनाको ज्यान गएको छ । भियतनामको दक्षिणी तथा मध्य क्षेत्र बढी प्रभावित भएको आँधीका कारण २० जना भन्दा बढी हराइरहेका छन् ।
आँधीका कारण ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । यस्तै शनिबार आँधीका कारण पहिरो पनि भएको थियो । ४० हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।
प्रभावित क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै आँधीका कारण विद्युत प्रशारण लाइनमा क्षति पुगेकाले धेरै ठाउँको विद्युत आपूर्ति बन्द भएको बिबिसीले जनाएको छ ।
 



यसमा तपाईको मत