• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

महिला खेलाडीको अवस्था सुधार तथा लैंगिक आधारमा हुने हिंसा अन्त्यका लागि प्रतिबद्ध रहेको एन्फाको स्पष्टोक्ती,

महिला खेलाडीको अवस्था सुधार तथा लैंगिक आधारमा हुने हिंसा अन्त्यका लागि प्रतिबद्ध रहेको एन्फाको स्पष्टोक्ती,

कार्तिक २१ गते,काठमाडौं ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष नरेन्द्र श्रेष्ठले महिला फुटबल र महिला फुटबल खेलाडीको अवस्था सुधार तथा उनीहरुमाथि लैंगिक आधारमा हुने हिंसा अन्त्य गर्नका लागि एन्फा प्रतिबद्ध रहेको बताएका छन् ।   सेवा सुविधा तथा प्रशिक्षण र अवसरका हिसाबले महिला फुटबल टिम तथा खेलाडीलाई पुरुष टिम र खेलाडी सरह व्यवहार गर्नका लागि एन्फाको तर्फबाट पहल भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
लैंगिक आधारमा महिलामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको साथी नेपालले महिला फुटबल खेलाडीको अवस्था र उनीहरुले भोग्नु परेका समस्या तथा सुधारका लागि गर्न सकिने कामका बारेमा एन्फाका पदाधिकारी, महिला खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्व खेलाडीसँग सोमबार ललितपुरमा गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिला फुटबलका गतिविधि कम भएकाले बढाउने प्रयासमा लागेको जानकारी दिए ।
महिला राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी तथा एन्फाको महिला फुटबल कमिटिकी अध्यक्ष कल्पनादेवी पिया श्रेष्ठले महिला फुटबल खेलाडीको क्षमता विकास तथा उनीहरुलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउनका लागि मैत्रिपूर्ण वातावरणको तयार हुनुपर्ने बताइन् । महिला फुटबलरका लागि फुटबल खेल मात्रै नभएर सामाजिक चुनौती पनि रहेकाले खेल मैदान तथा प्रशिक्षणका क्रममा हुन सक्ने लैंगिक हिंसा अन्त्यका लागि प्रयास गरिनु पर्ने उनको भनाई छ । त्यसका लागि अपशब्दको प्रयोग, मनोवैज्ञानिक रुपमा कमजोर बनाउने खालका गतिविधि, शारीरिक रुपमा असहज हुने खालका गतिविधि रोक्न सबै प्रतिबद्ध रहनु पर्ने उनले बताइन् ।  
राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी हरि खड्काले नेपालमा महिला फुटबल टिममा लैंगिक आधारमा कमजोर ठानिने वा हिंसा हुने क्रममा निकै कम रहेको बताए । आफूले राष्ट्रिय टिममा रहँदा वा अहिले खेलाडीका रुपमा नरहँदा पनि महिला खेलाडीलाई अघि बढाउनु पर्ने र उनीहरुमाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै आएको भन्दै खड्काले पछिल्लो समय अवस्थामा धेरै सुधार आएको बताए । अहिले नेपाली महिला फुटबल खेलाडीलाई अन्तर्रा्ष्ट्रिय स्तरमा बलियो बनाएर उपस्थित गराउनका लागि अवसर तथा प्रशिक्षणको खाँचो उनको भनाई छ । त्यसका लागि पुरुष टिमका खेलाडीले सहयोग गर्न सक्ने र त्यसका लागि एन्फाले अग्रसरता लिनु पर्ने बताए ।
फुटबल प्रशिक्षक सन्तोष प्रधानले महिला फुटबल खेलाडीमा लैंगिक आधारमा हुने हिंसा वा असमान व्यवहार अन्तर्रा्ष्ट्रिय स्तरमा हेर्दा नेपालमा निकै कम रहेको बताए । महिला फुटबल टिमकी खेलाडी सजना रानाले आफूहरुलाई प्रशिक्षण र अवसरको खाँचो रहेको बताइन् । प्रतियोगिताहरु निकै कम भएकाले महिला खेलाडी पलाय हुने अवस्थामा पुग्ने डर रहेको उनले बताइन् ।
आफूहरुले महिलेसम्म लैंगिक आधारमा हुने हिंसाको सामाना गर्नु नपरेको भएपनि खेलाडीका रुपमा व्यावसायिक जीवन बिताउन भने समस्या नै रहेको उनले बताइन् । साथीकी अध्यक्ष उमा शाहाले फुटबल खेलाडीका माध्यमबाट महिला हिंसा विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सकिने भएकाले आफूहरु एन्फासँगको सहकार्यका लागि तयार रहेको बताइन् । महिला खेलाडीको सशक्तिकरणका लागि पनि हातेमालो गर्न आफूहरु तयार रहेको उनको भनाई छ ।
 



यसमा तपाईको मत